विनियोजन विधेयक, २०८१ राष्ट्रिय सभामा प्रस्तुत
![](http://janarakshya.com/wp-content/uploads/2024/06/Screenshot-2024-06-27-154950.png)
काठमाडौँ । राष्ट्रिय सभामा विनियोजन विधेयक, २०८१ प्रस्तुत भएको छ । राष्ट्रिय सभाको बिहीबारको बैठकमा अर्थमन्त्री वर्षमान पुनले विनियोजन विधेयक , २०८१ सभा समक्ष प्रस्तुत गरेका हुन् । उनले आर्थिक वर्ष २०८१/०८२ को सेवा र कार्यको लागि सङ्घीय सञ्चित कोषबाट रकम खर्च गर्ने सम्बन्धी अधिकार दिन र सो रकमको विनियोजन गर्न वाञ्छनीय भएकाले प्रस्तुत विधेयक पेस गर्नुपरेको बताए ।
उनले विधेयकले सङ्घीय सञ्चित कोषबाट खर्च गर्ने अधिकार र विभिन्न निकायले गर्ने सेवा तथा कार्यहरूको निमित्त विनियोजन गर्नसक्ने व्यवस्था गरेको उल्लेख गरे । ‘आर्थिक वर्ष २०८१/०८२ को सेवा र कार्यको लागि सङ्घीय सञ्चित कोषबाट रकम खर्च गर्ने सम्बन्धी अधिकार दिन र सो रकमको विनियोजन गर्न वाञ्छनीय भएकाले प्रस्तुत विधेयक पेस गर्नुपरेको हो ।
प्रस्तुत विधेयकले सङ्घीय सञ्चित कोषबाट खर्च गर्ने अधिकार र विभिन्न निकायले गर्ने सेवा तथा कार्यहरूको निमित्त विनियोजन गर्नसक्ने व्यवस्था गरेको छ । राष्ट्रिय सभा नियमावली २०७५ को नियम १३३ (क) को उपनियम २ बमोजिम विनियोजन विधेयक, २०८१ लाई यस सम्मानित सभा समक्ष प्रस्तुत गर्दछु’, अर्थमन्त्री पुनको भनाइ छ । राष्ट्रिय सभाको अर्को बैठक आजै १५ मिनेटपछि बस्नेगरी स्थगित भएको छ ।
समाज
थप सामाग्री![](http://janarakshya.com/wp-content/uploads/2025/01/isreal_-468x300.webp)
इजरायली मन्त्रिपरिषद्द्वारा गाजामा युद्धविराम सम्झौतालाई अनुमोदन, आइतबारदेखि लागू हुने
January 18, 2025
1.1kViews 443 Shares Share on Facebook Share on Twitter तेल अभिभ । इजरायली मन्त्रिपरिषद्ले गाजामा युद्धविराम र बन्धकहरूलाई रिहा गर्न…