उमेरहदले अवकाशमा जानुपर्ने सिग्देल प्रधानसेनापतिको दाबेदार

काठमाडौं । नेपाली सेनाका रथी अशोकराज सिग्देलको नागरिकतामा दुईथरी जन्ममिति भेटिएको छ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीबाट लिएको नागरिकता र जाजरकोटबाट लिएको प्रतिलिपिमा जन्ममिति फरक छ ।
नागरिकता विवादका कारण १ वर्षअघि नै ५७ वर्षे उमेरहदका कारण अनिवार्य अवकाश पाउनुपर्ने रथी अशोकराज सिग्देल नेपाली सेनाको प्रधानसेनापतिका लागि दाबेदार देखिएका छन् ।
जिल्ला प्रशासन कार्यालय रुपन्देहीबाट सिग्देलले ९ असोज २०४० मा नागरिकता लिएका हुन् । त्यसबेला उनी १७ वर्षका थिए । रुपन्देहीको नागरिकतानुसार सिग्देल ९ असोज २०२३ मा जन्मिएका हुन् । सिग्देलले २०५८ मा जाजरकोटबाट नागरिकताको प्रतिलिपि लिए । जिल्ला प्रशासन कार्यालय जाजरकोटबाट लिएको प्रतिलिपिनुसार उनी २९ साउन २०२३ मा जन्मिएका देखिन्छ । उनले प्रतिलिपि लिँदा पुरानो विवरणमा थपघट गरेका हुन् ।
सैनिक सेवा नियमावली, २०६९ अनुसार २९ साउन २०८० मै ५७ वर्षको उमेर हदका कारण अनिवार्य उपरथीबाट अवकाश हुनुपर्नेमा सिग्देल अझै प्रधानसेनापतिका लागि दाबेदारीमा छन् । नेपाली सेनाको तीनमहले डढ्डामा सिग्देलको जन्ममिति २९ साउन २०२३ उल्लेख छ । तर, सिट रोल र सर्टिफिकेटनुसार जन्ममिति १९ माघ २०२३ रहेको छ । सोही जन्ममितिका आधारमा सिग्देल २७ मंसिर २०८० मा रथी पदमा बढुवा भएका थिए । पछिल्लो नागरिकता तथ्यांकअनुसार आउँदो साउनमा ५८ वर्षको उमेरमा प्रवेश गर्नेछन् । रथीबाट अनिवार्य अवकाश उमेर हद ५८ वर्ष रहेको छ । पछिल्लो समयको नागरिकतानुसार उनले २९ साउनबाट अवकाश पाउनुपर्ने हो, तर उनलाई सिट रोल र सर्टिफिकेटका आधारमा प्रधानसेनापतिको उम्मेदवार बनाउने तयारी हुँदै छ । आजको राजधानी दैनिकबाट
जनरक्षा फोकस
थप सामाग्रीसमाज
थप सामाग्री
आज बैशाख १० गते बुधबारको राशीफल : पाथीभरा माताले रक्षा गरुन
अप्रिल 23, 2025
3.9kViews 228 Shares Share on Facebook Share on Twitter मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ- स्वास्थ्य सुदृढ…