प्रेस काउन्सिलले कान्तिपुर टेलिभिजनलाई काट्यो पुर्जी

काठमाडौं । प्रेस काउन्सिल नेपालले कान्तिपुर टेलिभिजनमा ओसिन सिटौलाले चलाएको ‘सो’मार्फत गोपनीयता हनन् भएको निष्कर्ष निकालेको छ ।
अतिथिका रूपमा स्वस्तिमा कार्की र साम्राज्ञी राज्यलक्ष्मी शाह सहभागी ‘सो’ विवादमा तानिएपछि काउन्सिल आफैँ अनुगमन गरेको थियो । प्रारम्भिक अनुगमनका क्रममा ‘सो’ आपत्तिजनक देखाएपछि काउन्सिलले आज टेलिभिजनलाई पुर्जी काटेको काउन्सिलका एक सदस्यले जानकारी दिए ।
पुर्जीपछि काउन्सिलले अब टेलिभिजनका पदाधिकारीलाई बयानका लागि बोलाएर माफी माग्न लगाउने, सम्पादन गर्न लगाउने र कालो सूचीमा राख्ने सम्मको कारबाही गर्न सक्छ ।
कार्यक्रममा प्रस्तोताले सोधको प्रश्न र अतिथिले दिएका जवाफले कसैको वैयक्तिक जीवन एवं गोपनीयता प्रतिकूल हुने ढंगले प्रस्तुत गरेको काउन्सिलको निष्कर्ष छ । काउन्सिलको पत्रमा ‘सो’का प्रस्तुतकर्ता र अतिथिका समग्र प्रस्तुति, प्रयुक्त भाषा, लबज समेतमा प्रश्न उठाएको छ ।
जनरक्षा फोकस
थप सामाग्रीसमाज
थप सामाग्री
आज बैशाख १० गते बुधबारको राशीफल : पाथीभरा माताले रक्षा गरुन
अप्रिल 23, 2025
3.9kViews 228 Shares Share on Facebook Share on Twitter मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ- स्वास्थ्य सुदृढ…