शाहरुख खानकी छोरी सुहाना खान अमिताभ बच्चनका नातिसँग नाइट क्लबमा

मुम्बई । बलिउडका बादशाह शाहरुख खानकी छोरी सुहाना खान र अमिताभ बच्चनका नाति अगस्त्य नन्दा हालै लण्डनको एक नाइट क्लबमा साथै देखिएका थिए । जोया अख्तरको फिल्म ‘द आर्चिज’बाट एकसाथ फिल्ममा डेब्यू गरेका यी दुईले एक अर्कालाई डेट गरिरहेको खबर आइरहेको छ ।
सुन्नमा आएअनुसार दुवै जना रिलेशनशिपमा छन् । यतिबेला दुवैको एउटा भिडियो भाइरल भइरहेको छ । भिडियो लन्डनको एक क्लबको हो । यो भाइरल भिडियोले उनीहरूको सम्बन्धको चर्चालाई थप भड्काएको छ । भिडियोमा सुहाना र अगस्त्य लण्डनको एक नाइट क्लबमा कुराकानी गरिरहेको देखिन्छन् ।
सुहाना खान एक फिल्मको सुटिङका लागि लण्डनमा रहेको बताइएको छ । यसैबिच उनी वेदान्त महाजनको जन्मदिनको पार्टीमा पनि सहभागी भएकी थिइन् । सो पार्टीमा अजय देवगनकी छोरी न्यासा देवगन पनि थिइन् । केही समययता शाहरुख खानकी छोरी सुहाना खान र अमिताभ बच्चनका नाति अगस्त्य नन्दको डेटिङको खबर चर्चामा छ । यी अफवाहमा दुवैले कुनै प्रतिक्रिया दिएका छैनन् । कामको कुरा गर्नु पर्दा सुहाना खान आफ्नो पहिलो फिचर फिल्मको लागि तयार छिन् ।
सुहानाको आगामी फिल्म
सुहाना खान पिता शाहरुख खानसँग किंग फिल्ममा काम गर्ने भएकी छिन् । यो फिल्मलाई सुजय घोषले निर्देशन गर्ने र सिद्धार्थ आनन्दले एक्सन हेर्ने बताइएको छ । रिपोर्टका अनुसार यो फिल्म यसै वर्षको मे महिनामा फ्लोरमा जानेछ । फिल्मलाई शाहरुख खानको रेड चिलीज इन्टरटेनमेन्ट र सिद्धार्थ आनन्दको माफ्र्लिक्स इन्टरटेनमेन्टले निर्माण गर्न लागेको बताइएको छ ।
जनरक्षा फोकस
थप सामाग्रीसमाज
थप सामाग्री-
मोरङमा भिषण आगलागी : दुई बालबालिकाको मृत्यु, ८ घर ध्वस्त
-
आज चैत ५ गते मंगलबारको राशीफल : गणेश भगवानले रक्षा गरुन
-
गाईलाई कुटीकुटी नदीमा हाल्ने वडाध्यक्षसहित अन्यलाई बाजुरा सदरमुकाम झिकाउन निर्देशन
-
मैथिल ब्राम्हण महासभा, मोरङद्वारा आयोजित श्रीमद् भागवत पुराण ज्ञान महायज्ञको उद्घाटन
-
आज चैत ४ गते सोमबारको राशीफल :पशुपतिनाथ भगवानले रक्षा गरुन

नेपाल प्रहरीको ३१ औं महानिरीक्षक दिपक थापा हुने लगभग निश्चित
२ दिन अगाडि
1.5kViews 419 Shares Share on Facebook Share on Twitter काठमाडौं । सरकारले नेपाल प्रहरीमा ३१ औं महानिरीक्षक नियुक्तिको अन्तिम गृहकार्य…