नक्कली भुटानी शरणार्थी प्रकरणः दुई करोडको चेक लिएका बेचन झा पक्राउ
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न आरोपमा प्रहरीले बेचन झालाई प्रहरीले पक्राउ गरेको छ । उनलाई कञ्चनपुरबाट पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
शरणार्थीको कोटामा अमेरिका पठाउन खोज्नेहरूबाट बेचन झाले दुई करोडको चेक बुझेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । उनले टोखा नगरपालिका–६ स्थित धापासी घर भएका रामशरण केसीसँग दुई करोडको चेक लिएका हुन् ।
भुटानी शरणार्थी प्रकरणको योजनाकार मध्येका सानु भण्डारीले भनेर आफ्नो नाममा रहेको हिमालयन बैंकको दुई करोडको चेक झालाई दिएको रामशरणले बयानमा खुलाएका छन् । केसीका अनुसार २०७८ मङ्सिर ८ मा नयाँ बानेश्वरस्थित ह्वाइट हाउस कलेज अगाडि झाले चेक बुझेका हुन् ।
समाज
थप सामाग्रीइजरायली मन्त्रिपरिषद्द्वारा गाजामा युद्धविराम सम्झौतालाई अनुमोदन, आइतबारदेखि लागू हुने
January 18, 2025
1.1kViews 443 Shares Share on Facebook Share on Twitter तेल अभिभ । इजरायली मन्त्रिपरिषद्ले गाजामा युद्धविराम र बन्धकहरूलाई रिहा गर्न…