वामपन्थी शक्तिहरू एकताबद्ध हुनुपर्छ भन्नेमा स्पष्ट छुः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विचारधारात्मक प्रश्नहरूमा समान दृष्टिकोण निर्माण गर्दै कम्युनिस्ट एवं वामपन्थी शक्तिहरू एकताबद्ध पुग्नुपर्छ भन्नेमा आफू र आफू नेतृत्वको पार्टी स्पष्ट रहेको बताएका छन् । नेकपाका संस्थापक महासचिव पुष्पलालको ‘पुष्पलाल जन्मशताब्दी’ समारोहलाई आज यहाँ सम्बोधन गर्दै प्रधानमन्त्री एवं नेकपा(माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले नेपाली कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्ने प्रयासमा कम्युनिस्ट एवं वामपन्थी शक्तिहरूले भूमिका खेल्दै आएको बताएका हुन् ।
‘विगतमा नेपाल दुई ठुला कम्युनिस्ट पार्टीलाई एकताबद्ध गर्ने प्रयासस्वरूप नेकपा निर्माण गर्यौँ । तर, कतिपय हाम्रा सीमा तथा कतिपय सन्दर्भमा वैचारिक प्रश्नहरूमा समान दृष्टिकोण निर्माण र बुझाइ कायम गर्ने कुरामा हतारिँदा एकता दिगो हुन सकेन,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘विगतका अनुभवहरूबाट समेत शिक्षा लिँदै वामपन्थी शक्तिहरूबिचको समीकरण सुदृढ गर्ने र सहकार्यलाई बलियो बनाउँदै जानुपर्छ ।’
जनरक्षा फोकस
थप सामाग्रीसमाज
थप सामाग्री-
मोरङमा भिषण आगलागी : दुई बालबालिकाको मृत्यु, ८ घर ध्वस्त
-
आज चैत ५ गते मंगलबारको राशीफल : गणेश भगवानले रक्षा गरुन
-
गाईलाई कुटीकुटी नदीमा हाल्ने वडाध्यक्षसहित अन्यलाई बाजुरा सदरमुकाम झिकाउन निर्देशन
-
मैथिल ब्राम्हण महासभा, मोरङद्वारा आयोजित श्रीमद् भागवत पुराण ज्ञान महायज्ञको उद्घाटन
-
आज चैत ४ गते सोमबारको राशीफल :पशुपतिनाथ भगवानले रक्षा गरुन

नेपाल प्रहरीको ३१ औं महानिरीक्षक दिपक थापा हुने लगभग निश्चित
२ दिन अगाडि
1.5kViews 419 Shares Share on Facebook Share on Twitter काठमाडौं । सरकारले नेपाल प्रहरीमा ३१ औं महानिरीक्षक नियुक्तिको अन्तिम गृहकार्य…