सस्तो गहना बेच्ने नाममा ऋद्धीसिद्धीको दुई नम्बरी धन्दा: किन मौन छ राज्य तस्करी सुन बेच्दा पनि ?

काठमाडौं  । ऋद्धीसिद्धी नामको सुन पसलले सुनका गहना खरिद गर्दा जर्तीको मुल्य नलिने भन्दै भारी छुट अर्थात् जम्मा ७ प्रतिशत नाफा लिएर गहना विक्री गर्ने योजना अघि सारेपछि सुन व्यवसायीमा खैलाबैला मच्चिएको छ ।
बजार भाउ नै बिगार्ने गरी सुनका गहना विक्रीको प्रचारप्रसार गरेको भन्दै सिंगो सुन व्यवसायी ऋद्धीसिद्धी विरुद्ध आन्दोलनमै उत्रेर राजस्व अनुसन्धान, प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो, उपत्यका अपराध अनुसन्धान कार्यालय, प्रहरी परिसर, ठूला करदाताको कार्यालय, भन्सार, अन्त:शुल्क जस्ता विभिन्न नियमक निकायमा पनि ऋद्धीसिद्धीले दुई नम्बरी धन्दा गरिरहेको भन्दै कारवाहीका लागि उजुरी समेत दिएका छन् ।
हो, कुनै पनि व्यापारीले ग्राहक तान्न बजार मुल्य आफूखुसी गर्न सक्छ । तर, राष्ट्रिय/अन्तराष्ट्रिय रुपमै तोकिएको बस्तुको मुल्यमा बजार भाउ नै बिगार्ने गरी आफूखुसी गर्न पाइँदैन । राज्यले ल्याएको नयाँ बजेटमा ५ प्रतिशत सुनमा भन्सार वृद्धी गरेपछि यो समस्या देखा परेको हो । यसअघि १५ प्रतिशत मात्रै भन्सार लाग्दै आएकोमा यस वर्षदेखि ५ प्रतिशत थप गरी सुनको भन्सार दर २० प्रतिशत कायम गरिएको छ । यसो हुँदा विगतका दिनमा विदेशबाट सुन नेपालमा भित्रिएर भारतमा तस्करी हुन्थ्यो भने अहिले भारतबाट नेपालमा सुन तस्करी हुन थालेको छ । त्यसको कारण भारतीय बजारमा नेपालमा भन्दा सुनको मुल्य कम छ ।
अब यहाँनेर प्रश्न उठ्छ, सुनको मुल्य व्यवसायी संघले तोकेकै मुल्यमा विक्री गर्ने भएता पनि गहना बिक्रीमा ऋद्धीसिद्धीले खरिदकर्तालाई छुट दिने नाममा जर्तीको मुल्य नै नराख्ने भएपछि व्यवसायी आन्दोलनमा उत्रिनु उसै पनि ठिक हो । किनकी, कुनै पनि गहना बनाउदा धेरैथोरै जर्ती जान्छ-जान्छ । सुन व्यवसायी संघका अनुसार गहना बनाउने कारीगढले ५ प्रतिशत लिन्छ । सुनको मुल्य तोकिएकै भाउमा बिक्री गर्नु पर्दा गहना पसलले तिर्दै आएको महंगो मासिक भाडा तिर्नै पर्यो । कामदार/कर्मचारीलाई मासिक तलव कसरी दिने ? कुन कमाइबाट राज्यलाई ट्याक्स तिर्ने ? अन्य भैपरी खर्च कसरी धान्ने ? अनी कति मुनाफा आर्जन गर्ने ? पक्कै पनि सुनका गहनाको व्यापार गर्नु भनेको समाजसेवा गर्नु हैन होला ?
त्यसो भए सुनका गहना बनाएर ऋद्धीसिद्धीले कसरी आफूलाई सञ्चालन गर्न सकेको छ ? अनी, अरु व्यवसायी ऋद्धीसिद्धीको विरुद्ध आन्दोलनमा किन उत्रेका हुन ? मुख्य प्रश्न यहीनेर छ ।
हो, अहिले जर्ती नकाट्ने ७ प्रतिशत मात्र गहना बनाएको चार्ज लिने भनेर विज्ञापन गरेपछि यतीबेला ऋद्धीसिद्धी नामको सुन पसलमा पक्कै पनि खरिदकर्ताको केही बढी चाप परेको छ । तर, प्रश्न ऋद्धीसिद्धीले गहना बिक्री गर्ने सुन कहाँबाट आयात गरेको छ ? उसले ग्राहकको माग कसरी थेगेको छ ? ऋद्धीसिद्धीले बैंकबाट गहना बनाउने सुन खरिद गरेको छ कि तस्करीको दुई नम्बरी सुन खरिद गरेर गहना बिक्री गर्दै आएको छ ? पक्कै पनि अनुसन्धानको विषय हो ।
यसका लागि यसरी पुष्टि गर्न सकिन्छ ऋद्धीसिद्धीको दुई नम्बरी धन्दा ! भन्न त भनिन्छ, नेपालमा विदेशबाट आएको सुन भारतमा तस्करी हुन्छ । होला पनि । तर, आजका दिनमा नेपालमा भन्दा भारतमा सुनको मुल्य कम छ । भारतमा विल लिँदाको भन्दा विल नलिँदाको मुल्यमा प्रत्येक दश ग्राममा झण्डै २५ सय भारु कम पर्छ । जस्तो शुक्रबार १० ग्राम सुनको मुल्य बिल नलिएको अवस्थामा भारु ७२ हजार ६ सय १२ तोकिएको छ । त्यसअनुसार १ ग्रामको मुल्य भारु ७ हजार दुई सय ६१ रुपैया २० पैसा पर्न जान्छ । त्यसलाई तोलामा हिसाव गर्न ११.६६४ ले गुणा गर्दा ८४ हजार ६ सय ९४ रुपैया ६४ पैसा भारु पर्न जान्छ, त्यसलाई नेपाली रुपैयामा कन्भर्ट गर्न १.६० ले गुणा गर्दा १ लाख ३५ हजार ५ सय ११ रुपैया ५० पैसा हुन्छ । जवकी नेपालमा हिजो शुक्रबार सुनको मुल्य एक लाख ४० हजार ८ सय तोकिएको थियो । यसो गर्दा पनि नेपालको सुनभन्दा भारतबाट तस्करी गरी ल्याइएको सुनको मुल्य ५ हजार २ सय ८८ सस्तो पर्न जान्छ । त्यसैले पनि अहिले संघले तोकेको भन्दा पाँच-सात हजार कम मुल्यमै बजारमा सुन खरिद हुने गर्दा बैंकमा सुन थुप्रिएको छ ।
ऋद्धीसिद्धीले अहिलेको योजना अनुसार गहना विक्रीमा एकातिर खुलेआम ७ प्रतिशत नाफा गरेकै छ, भारतबाट ल्याइएको दुई नम्बरी सुनबाट गहना बनाउँदा अरु ५ प्रतिशत फायदा हुँदा १२ प्रतिशतभन्दा बढी नाफा हुन जान्छ । यसो गर्दा एकातिर ग्राहकलाई सस्तोमा गहना बेचेको भन्दै भ्रम छर्ने काम भएको छ भने अर्काेतिर ऋद्धीसिद्धीले सुनको तस्करीलाई खुलेआम स्वीकार गरेको देखिन्छ । निरन्तर राजस्व छली भएको न राज्यले देखेको छ, न अनुसन्धान नै गर्न उसलाई फुर्सद छ ।
समाचार स्रोतका अनुसार ऋद्धीसिद्धीले विगतमा भारतबाटै तयारी १८ – २० क्रेटका कमसल गुणस्तरका गहना ल्याएर २२ क्रेटका गहना भन्दै बेच्ने गरेको अवस्थामा अनुसन्धानको दायरामा पनि तानिएकै हो भने अहिले आफू तस्करीको सुन खरिद गरेको आरोपबाट पन्छिन गहना खरिद गर्न आउने ग्राहकलाई झुक्याएर सुन विक्री गरेको कागतमा पनि हस्ताक्षर गर्न लगाउने गरेको त्यही कार्यरत कर्मचारीले पोल खोलेका छन् । छानविन मात्रै भयो भने सुन नै नबेचेका बरु खरिद गर्न ऋद्धीसिद्धी पुगेका कतिको नाम बाहिर आउने हो ? हस्ताक्षरमा चुकिएला खरिदकर्ता पनि सावधान रहनु पर्ने देखिन्छ ।

Facebook Comments Box
TOP
442 Shares