ड्युटीमै मदिरा सेवन गरी लफडा गर्ने सई पक्राउ

कैलाली । कैलालीमा नेपाल प्रहरीकै एकजना सई प्रहरीको हिरासतमा पुगेका छन् । ड्युटीमै मदिरा सेवन गरेर लफडा गरेको गुनासोपछि कैलालीको टीकापुरस्थित प्रहरी चौकी सत्तीका ईन्चार्जसमेत रहेका सई अशोक खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।शनिबार बेलुका उनलाई नियन्त्रणमा लिएर स्वास्थ्य जाँच गरिएको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ ।सादा पोसाकमा रहेका उनले स्थानीयलाई गाली गरेको समेत आरोप छ । उनीमाथि प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Facebook Comments Box
TOP
255 Shares