मनसुनमा विपत्ति : २० दिनमा ४२ जनाको मृत्यु, ५१ घाइते

काठमाडौं । पानी पार्ने मनसुन प्रणाली भित्रिएयता देशमा जनधनको ठूलो क्षति भइसकेको छ । हाल मनसुन सक्रिय अवस्थामा छ ।
गएको जेठ २८ गते नेपालको पूर्वी भूभागमा मनसुन भित्रिएको थियो । केही दिन उक्त भूभागमा मात्र सीमित मनसुन देशभर फैलिइसकेको छ ।
नेपाल प्रहरीका अनुसार, जेठ २८ यता बाढीपहिरो, चट्याङबाट देशभर ४२ जनाको मृत्यु भइसकेको छ । त्यसरी ज्यान गुमाउनेमा २० पुरुष, १० महिला र १२ बालबालिका थिए ।
यो अवधिमा प्राकृतिक विपद्का ३७८ घटना रेकर्ड गरिएको छ । ती घटनामा परी ५१ जना घाइते भएका छन् । घाइतेमध्ये २३ पुरुष, १८ महिला र १० बालबालिका छन् ।
प्राकृतिक विपद्का घटनामा ६ करोड ९९ लाख ७९ हजार २०० रुपैयाँबराबरको धनमालको समेत क्षति भएको प्रहरीले जानकारी गराएको छ ।
जनरक्षा फोकस
थप सामाग्रीसमाज
थप सामाग्री
आज बैशाख ४ गते बिहीबारको राशीफल : पाथिभरा माताले रक्षा गरुन
अप्रिल 17, 2025
2.8kViews 459 Shares Share on Facebook Share on Twitter मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ- प्रेमको बन्धनमा…