युवराजले ल्याए नयाँ गीत ‘मैले भन्दा माया’

काठमाडौंँ । गायक युवराज चौलागाईले नयाँ गीत ‘मैले भन्दा माया’ ल्याएका छन् । आधुनिक शैलीमा तयार प्रेमपिडाले भरिएको गीतमा चन्द्र ज्योती आलेको शब्द र राजु कार्कीको संगीत छ ।

गीतको भिडियोमा अभिनेता पल शाह र अञ्जना पुन मगरको अभिनय छ । पल शाहकै निर्देशन रहेको भिडियोमा दिनेश पराजुलीको छायांकन, मिलन विश्वकर्माको सम्पादन छ ।

Facebook Comments Box
TOP
281 Shares