” सुरक्षित गर्भपतन सेवा”को नाममा बालबालिकाको बेचबिखन ,सराेकारवाला निकाय बेखवर

काठमाडौं ,असार १६ ।                                               जनरक्षा डटकमले विगत केही समय अगाडि देखीनै उपत्यकाका विभिन्न होटलहरु ,गेस्टहाउस लगाएत स्पाका साथै मसाज सेन्टरहरु समेतमा हुने अनैतिक यौनजन्य गतिविधि बारे राज्यलाई खबरदारी गर्नुका साथै समाचारहरु पस्कनेगरेको छ ।        जनरक्षाले काठमाडौं उपत्यकाको विभिन्न क्षेत्रमा व्यावसायको नाममा दिन दुईगुणा रात चारगुणाको दरले नवधनाढ्य बन्ने हेतुले  समाजलाईनै दुषित बनाउनुका साथै गैरकानुनी कार्य गर्नेहरुको चिराफारा गर्दै आएको छ।

जनरक्षा प्रतिनिधिले समाजलाई सुसूचित गर्ने क्रममा स्पा र मसाज सेन्टरमा व्यावसायको नाममा हुने  यौनजन्य गतिविधिका बारेमा सम्बन्धित निकायलाई खबरदारी समेत गर्दै आइरहेको छ।  काठमाडौंमा वढ्दो जनसंख्याका साथै वेरोजगारका कारण केही आर्थिक कमजोर भएका चेलिबेटीहरुलाई यौनजन्य गतिविधिमा लगाई नव धनाढ्य बन्नेहरुको होडबाजीनै चलेको छ।यसै गरि नवधनाढ्य बन्न मानिस कतिसम्म गिर्छ भन्ने कुरा काठमाडौको कलंकीमा रामसुन्दर महतोले सेवाको भेषमा गरेका अपराध जन्य कार्यलेनै पुष्टि गर्छ।                                              काठमाडौं  उपत्यकाकै अत्यन्तै व्य्सत सहरका साथै  काठमाडौंको मुटु कलंकी चोकमै गर्भपतनका नाममा तराई तिर घर बताउने सुन्दर महत्त्वले बच्चाहरु बेचबिखन गर्ने गरेको खुलासा भएको छ । गत असार पहिलो हप्ता एक बालिका एक महिलालाई विक्री गर्ने क्रममा आर्थिक लेनदेन नमिले पछि उनका काला कर्तुत सतहमा आएको हो।                                                                                                                          असार पहिलो हप्ता महिलाले लान खोजेकी बालिका : फोटो उनै महिलाले उपलब्ध गराएको हो ।                           महतोले सो बालिकाको मोलतोल गरेर अन्तिममा रूपैयाँको कुरा नमिलेर उनको काला कर्तुहरू बारिएका हुन। उनले बार्गेनिङ गरेको र बच्चाको मोलमोलाइ गरेको उनै रामसुन्दर महताेले पुष्टि गरेका छन्। महोतोले काठमाडौंको कलंकीमा “नव जनसेवा नेपाल सुरक्षित गर्भपतन”नामक कम्पनी दर्ता गरि सेवाको नाममा अबोध बालबालिकालाई पशु सरह खुलमखुल्ला विक्री गर्ने गरेको तथ्य बाहिरीएको छ।                                                              काठमाडौंमा स्थायी बसोबास गर्दै आएकी र आफ्नो बच्चा नभएको बताउने एक महिलाले गत असार पहिलो हप्ता एक बालिका लिन चाहेको र महोतोले ५ लाख भनेपछि बच्चा नलिएको बताएकी छिन।उनी भन्छिन्  “महतोले बालबालिको ३ लाखदेखि १० लाख रूपैयाँसम्म असुली गर्ने गरेका रहेछन।”

सो महिलाको अनुसार महोतोले विपन्न घरमा जन्मिएका बालबालिकाका अभिभावकलाई रूपैयाँको प्रलोभन देखाएर किनबेच गर्ने गरेका हुन। विगत १४ बर्षदेखि महतोले सञ्चालन गर्दै आएको सुरक्षित गर्भपतन सेवालाई देखाएर अबैधानिक ढंगले लामो समयदेखि बालबालिहरूको बेचबिखन गर्ने गरेको पाइएको हो।

यस्तै महतोले सुत्केरी हुनेवाला महिलालाई सकेसम्म अस्पताल जान नदिएर आफ्नै सुरक्षित गर्भपतन सेवामै बच्चालाई जन्माउने र आफैले बेचबिखन गर्ने गरेको समेत उनले बताईन।महोतोको “सुरक्षित गर्भपतन सेवा”मा लामै ओहोरदोहोर गरेकी ती महिलाले  केही दिन अगाडी मात्र एकजना बालिका बेचेको रहस्य समेत खोलेकी छिन।

यो विषयमा सत्य तथ्य पत्ता लगाउन हामीले महतोसँग टेलिफाेन सम्पर्क गर्दा उनले आफू काठमाडाैं बाहिर भएकाे र भेटेर मात्र कुरा गर्न मिल्ने भन्दै अहिले नै समचार प्रकाशित नगरिदिन हारगुहार गरेका  छन्।

उनले यो कुरा समाचर लेखेर बाहिर नल्याउन र हामीसँग भएको कुराकानी रेकर्ड नगर्न समेत पटक-पटक आग्रह गरेका थिए। हामीले फोनमा भएका कुरा रेकर्ड नगर्ने भन्दै विश्वत पारेपछि महतोले आफ्ना कर्तुहरू खाेल्दै हामीसँग एकपटकको लागी माफि दिन पटक-पटक आग्रह गरेका थिए। महोतोले गत असार पहिलो हप्ता बालिका लिन एक महिला आएको तर ती महिलासँग अर्को पनि बच्चा भएका कारण नदिएको बताएका छन ।                    यसरी अबोध बालबालिकाको बिक्री गरि सुन्दर महतोले भक्तपुरमा छोटै समयमा आलिसान भव्य महल बनाउन समेत सफल भएका छन ।

Facebook Comments Box
TOP
170 Shares