नारायणगढ-मुग्लिन सडकखण्डमा पहिरोको वितण्डा :दुईवटा बस बगायो,३ यात्रु पौडिएर बाँचे ,थपको खोजी गर्दै प्रहरी
चितवनको नारायणगढ-मुग्लिन सडकखण्डमा पहिरोले दुई वटा बस बगाएको प्रहरीले जनाएको छ।
शुक्रबार बिहान अन्दाजी साढे ३ बजे भरतपुर महानगरपालिका वडा नम्बर २९ सिमलताल भन्ने स्थानमा पहिरोले दुइटा बस बगाएको जिल्ला प्रहरी कार्यालयका डिएसपी भेषराज रिजालले जानकारी दिए।
विरगन्जबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश १५१६ नम्बरको एन्जल डिलक्स लेखेको यात्रुवाहक बसलाई बगाएको डिएसपी रिजालले बताए।
त्यस्तै काठमाडौंबाट गौर जाँदै गरेको गणपति डिलक्स लेखेको बसलाई पनि पहिरोले बगाएको डिएसपी रिजालले जानकारी दिएका छन्। उक्त बसको नम्बर खुलिसकेको छैन।
उक्त खबर पछि एसपी, डिएसपी, लगायतको कमाण्डमा ७५ जनाको टोली घटनास्थलमा खटिएका छन्।
पहिरोले दुवैतर्फ सडक अवरोध भएको छ।
प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले पनि घटनाबारे पुष्टि गरेका छन्। उनी पनि घटनास्थलतर्फ गएका छन्।
घटनास्थलमा पुगेका एसपी भावेष रिमालका अनुसार ठूलो पहिरो खसेको छ।
‘पहिरो ठूलो छ। बाटो पुरै बन्द छ। उद्धार गर्न गएको टोलीले काम गर्न सकेको छैन,’ उनले भने, ‘सम्पर्कमा ३ जना यात्रु छन्। पौडी खेलेर निस्किएको भनेका छन्।’
समाज
थप सामाग्री‘परान’को हिस्सा बन्न पाउँदा उत्साहित छुः केकी अधिकारी
January 25, 2025
2.0kViews 355 Shares Share on Facebook Share on Twitter काठमाडौँ । अभिनेत्री केकी अधिकारीले चलचित्र ‘परान’ को हिस्सा बन्न पाएकोमा…