प्रहरीले नै मादक पदार्थ सेवन गरेर चलाएको गाडी पोखरामा दुर्घटना,घटना लुकाउने प्रयास

पोखरा । प्रहरीले नै मादक पदार्थ सेवन गरेर चलाएको गाडी पोखरामा दुर्घटनामा परेको छ । सोमबार बिहान सवा २ बजे पोखरा महानगरपालिका– ६ शान्तिपाटन चोकको चौबाटोमा वडा प्रहरी कार्यालय बैदामको ग.१झ ५५१ नम्बरको भ्यान दुर्घटनामा परेको हो । भ्यान सन्तोष शर्माले चलाएका थिए । भ्यानमा शर्मासँगै सुरज धिमाली र अर्का दुई प्रहरी थिए । स्थानीयका अनुसार भ्यानमा रहेका चारैजनाले प्रहरी ड्रेस लगाएका भने थिएनन् ।
दुर्घटनामा कुने मानवीय क्षति नभए पनि चोकको चौतारो भत्किएको छ । मापसे गरेर सवारी दुर्घटना गराउनेलाई स्थानीयले कारबाहीको माग गरे पनि प्रहरीले भने घटना गुपचुप राख्न निकै प्रयत्न गरेको थियो । एक प्रत्यक्षदर्शीका अनुसार प्रहरी भ्यान दुर्घटना भएपछि स्थानीय के भयो भन्दै भेला हुन थालेका थिए । स्थानीयको भिड लाग्दा प्रहरी भ्यानमा रहेका चारजना नजिकै सडकमा पार्किङ गरिएको गाडीमा आडेस लगाएर बसेका थिए । उनीहरूले मादक पदार्थ सेवन गरेको गन्धले स्पष्ट हुन्थ्यो । उनका अनुसार केही छिनपछि अर्को प्रहरी भ्यान आएर चारैजनालाई हालेर लगेको थियो ।
दुर्घटनामा परेको भ्यान भने पछि प्रहरीले क्रेनको सहायताले उचालेर अन्यत्रै लगेका थिए । स्थानीयले मापसे गरी सवारी दुर्घटना गराउनेलाई कारबाही नगरेसम्म भ्यान लैजान नदिने भन्ने अडान लिएका थिए । तर, प्रहरी भ्यानमा आएका सुरक्षाकर्मीले फोटो र भिडियो नखिच्न भन्दै दबाब दिएका थिए । स्थानीयले दुर्घटनाबाट क्षति भएको चौतारी कसले बनाउँछ भन्दै प्रहरीसँग प्रश्न गरेका थिए ।
प्रहरीले मंगलबार बिहान भएको दुर्घटनालाई गुपचुप राख्ने प्रयत्न गरेको छ । घटनापछि घटनास्थल पुगेका प्रहरीले फोटो भिडियो बाहिर ल्याए कारबाही गर्ने चेतावनी दिएका थिए । दुर्घटनामा परेको भ्यान सन्तोष शर्माले चलाएका थिए ।
वडा प्रहरी कार्यालय बैदाममा प्रमुखका रूपमा सरुवा भएर सोमबार मात्र कार्यभार सम्हाल्न आएका प्रहरी नायब उपरीक्षक सन्तोष निरौलाले आफू आउनुभन्दा अघिको घटना रहेको भन्दै विस्तृतमा भन्न अस्वीकार गरे । उनले घटनाको छानबिन गर्न जिल्ला प्रहरी कार्यालयले समिति बनाएको र समितिले प्रतिवेदन दिएपछि मात्र सार्वजनिक गर्ने बताए ।
वडा प्रहरी कार्यालय बैदामबाट सोमबार रमाना लिएर गएका प्रहरी नायब उपरीक्षक राजेन्द्र श्रेष्ठले कामविशेषले गएको भ्यान दुर्घटनामा परेको बताए । ‘पानी लिन जाने क्रममा बाटोमा कुकुरले बाटो काटेको रै’छ, भ्यान अनियन्त्रित भएर दुर्घटनामा परेको बुझिएको छ,’ उनले भने । कुकुरले बाटो काट्ने क्रममा एक्कासि ब्रेक लगाउँदा काम नगरेपछि चौतारीमा भ्यान ठोक्किन पुगेको उनको भनाइ छ । दुर्घटनापछि भ्यानमा रहेकाहरू आत्तिएर भागेको उनले बताए ।
समाज
थप सामाग्री-
केआईआईटी विश्वविद्यालयले भन्यो– थप अप्रिय घटना हुन नदिन विद्यार्थीलाई नेपाल पठाइएको हो
-
हेटौँडा सिमेन्टको ‘रोप–वे’ लिलाम बिक्री, प्राप्त रकमले कच्चा पदार्थ खरिद गरिने
-
भारतमा नेपाली छात्राको मृत्युपछि भारतीय दूतावास अगाडि प्रदर्शन
-
प्रधानमन्त्रीले भने– भारतमा नेपाली विद्यार्थीको मृत्युबारे कूटनीतिक तवरले बुझिरहेका छौँ
-
युएई पुगे युक्रेनी राष्ट्रपति जेलेन्स्की

संघीय सरकारले कर्णालीप्रति गर्ने उपेक्षा चिर्ने प्रयास भइरहेको छ : मुख्यमन्त्री कँडेल
४ घण्टा अगाडि
1.3kViews 197 Shares Share on Facebook Share on Twitter सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले संघीय सरकारले कर्णालीप्रति गर्ने…