विद्यार्थीको प्रदर्शनपछि बंगलादेशका प्रधानन्यायाधीशद्वारा पदबाट राजीनामा

ढाका । बंगलादेशका प्रधानन्यायाधीश ओबैदुल हसनले आफ्नो पदबाट राजीनामा दिएका छन् । बंगलादेशको न्याय मन्त्रालयका सल्लाहकार आसिफ नजरुलले हसनको राजीनामा कानुन तथा न्याय मन्त्रालयमा पुगेको जानकारी दिएका छन् ।
नजरुलले राजीनामा पत्र राष्ट्रपति कार्यालयमा पठाइएको बताए । आरक्षण विरोधी आन्दोलनमा सहभागी विद्यार्थीहरूले प्रधानन्यायाधीश हसन र अपील डिभिजनका न्यायाधीशहरूलाई शनिबार दिउँसो १ बजेसम्म राजीनामा दिन अल्टिमेटम दिएका थिए ।
शनिबार बिहान हजारौँ प्रदर्शनकारी विद्यार्थी प्रधानन्यायाधीशको राजीनामा माग गर्दै सर्वोच्च अदालत परिसरमा पुगेका थिए । उक्त आन्दोलनमा सयौं वकिलहरुको पनि सहभागिता रहेको थियो ।
यसै क्रममा आरक्षण विरोधी आन्दोलनका संयोजक आसिफ महमूदले प्रधानन्यायाधीशलाई फासीवादी भन्दै फुल कोर्ट बैठक रोक्न र राजीनामा दिन अल्टिमेटम दिएका थिए । बंगलादेशमा विगत केही सातादेखि आरक्षण विरोधी आन्दोलन चलिरहेको छ ।
यसबाट हालसम्म सयौँले ज्यान गुमाएका छन् । बंगलादेशकी प्रधानमन्त्री शेख हसिना पनि व्यापक विरोधका कारण देश छाड्न बाध्य भएकी छन् । यसपछि बंगलादेशका नोबेल पुरस्कार विजेता मोहम्मद युनुसलाई अन्तरिम सरकारको प्रमुख सल्लाहकार नियुक्त गरिएको थियो । उनले शुक्रबार साँझ शपथ ग्रहण गरेपछि शान्ति कायम गर्न जनतालाई अपिल गरेका थिए ।
समाज
थप सामाग्री-
केआईआईटी विश्वविद्यालयले भन्यो– थप अप्रिय घटना हुन नदिन विद्यार्थीलाई नेपाल पठाइएको हो
-
हेटौँडा सिमेन्टको ‘रोप–वे’ लिलाम बिक्री, प्राप्त रकमले कच्चा पदार्थ खरिद गरिने
-
भारतमा नेपाली छात्राको मृत्युपछि भारतीय दूतावास अगाडि प्रदर्शन
-
प्रधानमन्त्रीले भने– भारतमा नेपाली विद्यार्थीको मृत्युबारे कूटनीतिक तवरले बुझिरहेका छौँ
-
युएई पुगे युक्रेनी राष्ट्रपति जेलेन्स्की

संघीय सरकारले कर्णालीप्रति गर्ने उपेक्षा चिर्ने प्रयास भइरहेको छ : मुख्यमन्त्री कँडेल
५ घण्टा अगाडि
1.3kViews 197 Shares Share on Facebook Share on Twitter सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले संघीय सरकारले कर्णालीप्रति गर्ने…