कोशीका पूर्वमुख्यमन्त्री कार्की पक्राउ

निषेधित क्षेत्रमा आमरण अनशन बसेको भन्दै प्रहरीले कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीलाई नियन्त्रणमा लिएको छ ।

आज अपराह्नदेखि कोशी प्रदेश सभा अगाडि अनशन बसेका उनलाई सोही स्थानबाट प्रहरीले समातेको हो । निषेधित क्षेत्रमा अनसन बसेका कारण कार्कीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

त्यसक्रममा नेपाली कांग्रेसका कार्यकर्ता र प्रहरीबीच झडपसमेत भएको छ । झडपमा परेर केही अनशनकारी र सुरक्षाकर्मी घाइते भएका छन् । कार्कीसँगै उनका केही समर्थक पनि समातिएको जनाइएको छ ।

आफू नेतृत्वको सरकारले ल्याएका लोकप्रिय कार्यक्रम अहिलेको सरकारले हटाएको भन्दै असन्तुष्ट कार्की ९ बुँदे मागसहित अनशन बसेका हुन् । त्यसअघि आफ्ना माग सम्बोधन गर्न उनले मुख्यमन्त्री हिक्मत कार्कीलाई ४८ घण्टे अल्टिमेटम दिएका थिए ।कार्की अनशन बसेको प्रदेशसभा भवन वरपरको क्षेत्र तनावग्रस्त बनेको छ ।

Facebook Comments Box
TOP
247 Shares