सशस्त्रमा भावी आईजीपीको प्रतिस्पर्धा हुने ,अहिलेदेखि नै आईजीपी र एआईजीको पदावधि घटाउने प्रस्ताव

काठमाडौं । सशस्त्र प्रहरी बलमा आईजीपी र एआईजी दुवैको पदावधि घटाउने प्रस्ताव अघि बढेको छ ।गृह मन्त्रालयले सहमतिका लागि अर्थ मन्त्रालयमा पठाएको विधेयकको मस्यौदामा पदावधि चार वर्षबाट तीन वर्षमा घटाउने प्रस्ताव गरिएको छ । यसले सशस्त्र नेतृत्वमा तरंग ल्याएको छ ।यो प्रस्ताव पास भएमा सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्यालले २०८२ को १० वैशाखमा अवकाश पाउनेछन् । त्यसपछि आईजीपीको प्रतिस्पर्धामा नारायणदत्त पौडेल, चन्द्रप्रकाश गौतम र वंशीराज दाहाल रहनेछन् ।
गौतमले पनि वैशाखमै अवकाश पाउने भएकाले पौडेल र दाहालबीच प्रमुख प्रतिस्पर्धा हुने देखिन्छ । पौडेल आईजीपी भएमा दाहालले असोजमा यही प्रावधानका कारण अवकाश पाउनेछन् भने दाहाल आईजीपी भएमा पौडेलले जेठमा अवकाश पाउने अवस्था छ । पौडेल २०७९ को जेठ तथा दाहाल २०७९ को असोजमा एआईजीमा बढुवा भएका थिए । पौडेलभन्दा दाहाल ६ महिनापछि एआईजी भएका हुन् ।नयाँ दरबन्दी थपेर शेरबहादुर देउवा सरकारले उनलाई बढुवा गरेको थियो । त्यस कारण सशस्त्र प्रहरीमा भावी आईजीपीको प्रतिस्पर्धा अहिलेदेखि नै पेचिलो बन्दै गएको छ ।
समाज
थप सामाग्री-
केआईआईटी विश्वविद्यालयले भन्यो– थप अप्रिय घटना हुन नदिन विद्यार्थीलाई नेपाल पठाइएको हो
-
हेटौँडा सिमेन्टको ‘रोप–वे’ लिलाम बिक्री, प्राप्त रकमले कच्चा पदार्थ खरिद गरिने
-
भारतमा नेपाली छात्राको मृत्युपछि भारतीय दूतावास अगाडि प्रदर्शन
-
प्रधानमन्त्रीले भने– भारतमा नेपाली विद्यार्थीको मृत्युबारे कूटनीतिक तवरले बुझिरहेका छौँ
-
युएई पुगे युक्रेनी राष्ट्रपति जेलेन्स्की

संघीय सरकारले कर्णालीप्रति गर्ने उपेक्षा चिर्ने प्रयास भइरहेको छ : मुख्यमन्त्री कँडेल
४ घण्टा अगाडि
1.3kViews 197 Shares Share on Facebook Share on Twitter सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले संघीय सरकारले कर्णालीप्रति गर्ने…