कांग्रेसले माग्यो उपसभामुखको राजीनामा

काठमाडौँ । सत्ता साझेदार दल नेपाली कांग्रेसले उपसभामुख इन्दिरा राना मगरको राजीनामा माग गरेको छ ।  बुधबारको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै कांग्रेस सांसद शान्ति परियारले पत्रमा हस्ताक्षर गर्न हुने नहुने उपसभामुख जस्तो व्यक्तिले बुझ्नुपर्ने बताइन् ।  उनले पदबाट राजीनामा दिएर छानबिनमा सहयोग गर्न माग गरिन् ।

‘पत्र लेख्नु कति जायज थियो उहाँले बुझ्नु पर्ने थियो । उपसभामुख पद देशको प्रतिष्ठा जोडिएको छ । उपसभामुख पद देशको अभिभावक हो ‚’ उनले भनिन्‚‘यसमा विवाद आउँदा यस्तो गरिमामय पदमा आउँदाखेरी मार्ग प्रशस्त गर्दा राम्रो हुन्छ । प्रतिष्ठासँग जोडिएको हुँदा गम्भीर भएर मार्ग प्रशस्त गर्न अनुरोध छ।’

Facebook Comments Box
TOP
195 Shares