चाडबाडको मुखमा महंगी र कालोबजारी, रोक्ने कहिले ?

काठमाडौं । यो वर्षको चाडबाड शुरु भइसकेको छ । चाडबाड शुरु भएसँगै ब्यापार बढ्ने भएकाले ब्यापारीहरु उत्साहित देखिन्छन् ।
चाडबाडमध्ये पनि दशैंमा सबैभन्दा बढी ब्यापार हुने गर्दछ । तर यहि समयमा बजारमा दैनिक उपभोग्य वस्तुको अभाव, महंगी, कालोबजारी पनि उत्तिकै बढ्ने गरेको पाइन्छ । चाडबाडकाबेला मिठो मसिनो खाने विपन्न वर्गका उपभोक्ताहरुसमेत मारमा पर्ने गरेका छन् । बजारको बेथिति रोक्न सरकारले यसपाली कस्तो कदम चाल्दै छ ?
उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ६४ ले दिएको अधिकार प्रयोग गरी उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले ‘बजार अनुगमन निर्देशिका’ नै बनाएको छ । सोही निर्देशिका अनुसार, विभागका अधिकारीदेखि जिल्ला र स्थानीय तहका प्रतिनिधिहरु समेतले बजार अनुगमन गर्न सक्ने ब्यवस्था छ ।
निर्देशिकामा उद्योग वाणिज्य तथा आपूर्ति विभाग वा विभाग अन्तर्गतका कार्यालयका निरीक्षण अधिकृत वा विभागबाट नियुक्त भएको वा तोकिएको निरीक्षण अधिकृत, सम्बन्धित जिल्ला प्रशासन कार्यालयको निरीक्षण अधिकृत वा अधिकृत स्तरको प्रतिनिधि, सम्बन्धित स्थानीय तहको कम्तीमा अधिकृत स्तरको प्रतिनिधि, सम्बन्धित प्रहरी कार्यालयका प्रतिनिधि बजार अनुगमन टोलीमा रहने उल्लेख छ । तर सम्बन्धित निकायका अधिकारीहरु गैर जिम्मेवारीकै कारण बजारमा बेथिति बढिरहेको छ ।
चाडबाडको मुखमा विगतमा भन्दा पनि कैंयौं गुणा मूल्यवृद्धि भइरहेको भन्दै सरकारको आलोचना भइरहेको छ । बजारमा कालोबजारी हुने गरी गुणस्तरहित खाद्य वस्तुको ब्यापार भइरहेको कुरामा सरकारको समेत स्वीकारोक्ति छ ।
चिनी, तेल लगायत चाडबाडका बेला बढी उपभोग हुने बस्तुहरुको मूल्य यहिबेला दोब्बर तेब्बर हुने गरेको छ । ब्यापारीहरुको सामाजिक उत्तर दायित्व नै नभएको भन्दै मुख्यसचिव एकनारायण अर्याल पनि ब्यापारीप्रति रुपष्ट छन् ।
केही दिनअघि मात्रै मुख्यसचिव नियुक्त भएका अर्याल विशेष गरी चाडपर्वमा बजारमा सामान अभाव तथा मूल्य वृद्धि हुने गरेको विषयमा गम्भीर बन्न चेम्बर अफ कमर्सलाई आग्रह नै गरेका छन् । कालोबजारी सम्बन्धि ऐनलाई समसामहिक बनाउनु पर्ने भन्दै उनले सजाय कम नहुने बताए ।
अव्यवहारिक प्रावधानलाई सुधार गरेर लैजानै भए तर कुनै व्यक्ति,समूह र संस्थालाई फाइदा हुनेगरी नीगिगत सुधार नहुने मुख्यसचिव अर्यालको स्पष्टोक्ति छ । कडाईका साथ बजार अनुगमन हुने भन्दै उनले त्यसमा निजी क्षेत्रलाई साथ दिन आग्रह गरेका छन् ।
यो वर्षको चाडबाड पनि शुरु भइसकेको छ । चाडबाडको मुखमा बजारमा दैनिक उपभोग्य वस्तुको मूल्य अप्रत्याशित रुपमा बढिरहेको छ ।
उपभोक्ताको ढाड सेक्ने गरी भइरहेको महंगी रोक्न तथा बजारमा बढ्दो कालोबजारी नियन्त्रणका लागि चाडबाडका बेलामात्र नभई जुनसुकै बेला पनि जिम्मेवार निकायले ध्यान दिन जरुरी छ ।

Facebook Comments Box
TOP
132 Shares