दशैँका लागि सुकिला नोटको सटही असोज १३ गतेदेखि सुरु हुने

काठमाडौँ । दशैँका लागि नयाँ नोटको ठाउँमा सुकिला नोटको सटही १३ असोजदेखि सुरु हुने भएको छ ।नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यलय, प्रदेशस्थित कार्यालयका साथै अन्य बैंकहरूबाट समेत सुकिला नोट साट्न सकिने राष्ट्र बैंकले जनाएको हो ।
यसपटक दशैँमा नयाँ नोटको साटो सुकिला नोट्न साट्ने व्यवस्था गर्न लागिएको राष्ट्र बैंकका सहायक प्रवक्ता डिल्लीराम पोखेरलले जानकारी सार्वजनिक गरेका हुन् । ५, १०, २०, ५० र १०० दरको एक सेटका दरले १८ हजार ५०० रुपैयाँ बराबरको सुकिला नोट साट्न सकिने राष्ट्र बैंकले जनाएको छ ।
नेपाल राष्ट्र बैंकले हरेक वर्ष दशैँमा नयाँ नोट सहटही गर्दै आएको थियो । यो वर्ष नयाँ नोट नछापी एकपटक प्रयोग भइसकेका सुकिला नोट साट्न लागेको हो । एकपटक प्रयोगमा आएका सफा नोट नयाँ नोट जस्तै हुने राष्ट्र बैंकका सहायक प्रवक्ता पोखेरलको भनाइ छ ।
जनरक्षा फोकस
थप सामाग्रीसमाज
थप सामाग्री
आज बैशाख १३ गते शनिबारको राशीफल : पाथीभरा माताले रक्षा गरुन
अप्रिल 26, 2025
3.0kViews 104 Shares Share on Facebook Share on Twitter मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ- स्वास्थ्य सुदृढ…