प्रधानमन्त्री एक रुपैयाँ बृद्धि गर्न नसक्ने, एमाले नेता इश्वर पोखरेलका छोरा तलव बढाउन तालाबन्दी गर्ने

काठमाडौं । निजामती सेवा दिवसको दिन प्रधानमन्त्री केपी ओलीले कुनै पनि कर्मचारीको तलव २५ पैसा पनि बृद्धि गर्न नसकिने अवस्था रहेको अभिब्यक्ति दिइरहँदा प्रधानमन्त्रीकै पार्टी र सत्तारुढ पार्टी निकट कर्मचारी भने तलवमान बृद्धिको माग गर्दै कृषि अनुसन्धान परिषद् (नार्क) मा तालाबन्दी गरिरहेका थिए ।
नार्कमा आफूलाई कृषि बैज्ञानिक बताउनेहरुले तालाबन्दी गरेको १८ दिनभन्दा धेरै भइसकेको छ । प्रधानमन्त्रीकै पार्टीका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलका छोराको नेतृत्वमा नार्कमा अहिले तालाबन्दी भइरहेको छ । तालाबन्दीका मुख्य नाइके पोखरेलका छोरा सिर्जन पोखरेल छन् भने उनलाई योजना निर्देशक लुमानिधि पाण्डेलगायतले सघाइरहेका छन् । पाण्डे काँग्रेसनिकट हुन् । नार्कमा एमाले बरिष्ठ उपाध्यक्षका छोराको अगुवाईमा १८ दिनदेखि तालाबन्दी छ । २०८० भदौ ५ गतेदेखि नार्कमा तालाबन्दी छ ।
आन्दोलनको नाममा कार्यकारी निर्देशक डाक्टर दोजराज खनालको कार्यकक्षमा तालाबन्दी गरिएको छ । केन्द्रमा तालाबन्दी, अन्य कार्यालयमा पेन डाउन, कार्यकालका चार पांग्रे गाडी प्रयोगमा निषेध गरिएको छ । कार्यकारी निर्देशक खनाल ट्याक्सीमा आउने जाने गरिरहेका छन् ।
नार्कमा कार्यरत वैज्ञानिक कर्मचारीहरुलाई विभेदकारी ढंगबाट कम हुनेगरी तलबमान कायम गरिएको भन्दै उनीहरुले आन्दोलन गरेको बताईरहेका छन् । त्यससम्बन्धी रिटमा पाटन उच्च अदालतले समानताको आधारमा तलबमान निर्धारण गरी कार्यान्वयन गराउन परमादेश जारी गरेको थियो । सो अनुरुप तलव बृद्धि गर्न कार्यकारी निर्देशकले कार्यकारी समितिमा प्रस्ताव पेश गरेका थिए । तर, अर्थमन्त्रालयका प्रतिनिधिले स्रोत सुनिश्चिता नभई यो निर्णय गर्न नसकिने अडान राखेपछि कुनै निर्णय हुनसकेको छैन । नार्कको कार्यकारी समितिमा अर्थ, कृषि लगायतका ६ वटा मन्त्रालयका सचिव हुन्छन् । उनीहरु सम्मिलित बैठकले कार्यकारी निर्देशक खनालले लगेको प्रस्ताव अस्वीकृत गरेपछि तलव बढाउन सकेनन् । अर्थले स्रोत नभएका कारण तलव बढाउन नसकिने बताइरहँदा उनीहरु भने कार्यालय प्रमुखको कार्यकक्षमा ताला लगाएर मस्ती मार्न हिँडिरहेका छन् ।
उनीहरुले परिषद्लाई अनिर्णयको बन्दी बनाएको आरोप लगाउँदै परिषद्का कार्यकारी निर्देशक, निर्देशक र कानुनी सल्लाहकारको राजीनामा मागेका छन् । तर, आफूहरु भने आन्दोलनकै बीच बैदेशिक भ्रमणमा गईरहेका छन् ।
तलबमानमा गरिएको त्रुटिलाई सच्याई पाउँ भनी परिषद् समक्ष मौखिक र लिखित रुपमा पहल गरे पनि विभिन्न बहाना देखाएर परिषद्ले वैज्ञानिकको पक्षमा कुनै ठोस कदम नचालेको भन्दै गत चैत १५ गते उच्च अदालत पाटन रिट दायर भएको थियो ।
सोही रिटउपर अदालतले जेठ २ गते समान समकक्षी तहका प्राविधिक-प्रशासनिक कर्मचारीहरु भन्दा निज रिट निवेदकहरुलाई कम हुनेगरी आधारभूत तलबमान कायम हुनु असमान र विभेदकारी भएकाले साउन १ गतेबाट लागू हुनेगरी समकक्षी तथा प्राविधिक-प्रशासनिक कर्मचारीसँग समान हुने गरी समानताको आधारमा तलबमान निर्धारण गरी कार्यान्वयन गराउन परमादेश दिएको थियो ।
त्यसो त प्रधानमन्त्रीकै पार्टीको बरिष्ठ उपाध्यक्षको छोरा हुँ भन्दै सिर्जन पोखरेलले कार्यकारी निर्देशकदेखि बिभागीय प्रमुखहरुलाई कर्मचारी थर्काउने गरेको पनि पीडित कर्मचारीहरु बताउँछन् । सिर्जन यस्ता कर्मचारी हुन्, जो योग्यता भन्दा फरक ढंगले भनसुनका आधारमा नार्कमा बैज्ञानिकको रुपमा जागिर खाइरहेका छन् । आन्दोलनको अगुवाई गर्दै दैनिक भ्रमण आदेश गराएर खाने पनि उनै पोखरेल भएको त्यहाँको लेखा शाखामा अभिलेख देख्न सकिन्छ
। तत्कालीन कृषिमन्त्री हरि पराजुली र कार्यकारी निर्देशकले फरक बिषय पढेका पोखरेललाई नियुक्ति दिएका थिए । त्यसो त परीक्षणकालमै २०७२ सालताका अमेरिकामा रहेकी श्रीमती भेट्न भ्रमण आदेश गराएर अमेरिका गएका पोखरेललाई माथिल्लो निकायवाट स्पटीकरण सोधिएको थियो । तर, पहुँचका भरमा उनलाई कुनै कारबाही भएन । नेपाल फेस

Facebook Comments Box
TOP
348 Shares