फेरिए पाँच जिल्लाका सीडीओ,काठमाडौंमा आचार्य

काठमाडौं। गृह मन्त्रालयले काठमाडौंसहित पाँच जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरूको सरुवा गरेको छ ।

गृहले काठमाडौंको सीडीओमा जयनारायण आचार्यलाई पठाएको छ। उनी यसअघि कारागार व्यवस्था विभागको महानिर्देशक थिए।

यसैगरी सिन्धुपाल्चोकमा किरण थापालाई पठाइएको गृह प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए।

सिन्धुलीमा लिलाप्रसाद शर्मा, अर्घाखाँचीमा बाबुराम अर्याल र प्युठानमा रमा आचार्य सुवेदीलाई सीडीओ बनाइएको गृह मन्त्रालयले जनाएको छ।

Facebook Comments Box
TOP
118 Shares