नेपाल दालमोठ उत्पादक संघमा बन्यो नयाँ कार्यसमिति
काठमाडौं । नेपाल दालमोठ उत्पादक संघमा नयाँ नेतृत्व चयन भएको छ । आज काठमाडौंमा सम्पन्न संघको १९ ओै वार्षिक साधारणसभाबाट हेमकान्त पराजुलीको नेतृत्वमा नयाँ कार्यसमिति गठन भएको हो । पराजुलीले पूर्वअध्यक्ष प्रत्युस आचार्यलाई पराजित गरे ।
उपाध्यक्षमा विष्णुप्रसाद रिमाल, सचिवमा भुवन श्रेष्ठ, कोषाध्यक्षमा हरिकुमार दुलाल र सदस्यहरूमा रोशन पाण्डे, सुनिल केसरी र सरोज घिमिरे निर्विरोध निर्वाचित भए । नेपाल चेम्बर अफ कमर्शका उपाध्यक्ष सन्तोषकुमार पाण्डे प्रमुख अतिथि रहेको कार्यक्रममा नेपाली उपभोक्ता महासंघका अध्यक्ष चन्द्र साउद, नेपाल वितरक संघका अध्यक्ष रामहरि घिमिरेलगायतको आतिथ्यतामा कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा प्रमुख अतिथि पाण्डेले गुणस्तरीय उत्पादनमा जोड दिई आयातलाई कम गरि निर्यात गर्न सुझाव दिए ।
नवनियुक्त कोषाध्यक्ष दुलालले नेपाली दालमोठको गुणस्तर बढाउँदै आधुनिक प्रविधिलाई आत्मसाथ गरि नेपालमा उत्पादित कच्चा पदार्थको उच्च प्रयोग गरि विदेशमा समेत निर्यात गर्न योग्य बनाउने प्रतिवद्दता व्यक्त गरे ।
समाज
थप सामाग्री-
‘स्त्री २’ का निर्माताले नयाँ फिल्म ‘थामा’ ल्याउने
-
प्रधानमन्त्री केपी ओलीविरूद्ध अराजक अभिव्यक्ति दिनेहरूमाथि प्रहरीले बढायो निगरानी
-
गण्डकी प्रदेशका सांसद मनाङे ज्यान मार्ने उद्योगमा सर्वोच्चबाट दोषी ठहर
-
भारतसँग गरिएको १० हजार मेगावाट विद्युत् व्यापार सम्झौता विरुद्धको रिट खारेज
-
रवि लामिछानेका समर्थकले निषेधित क्षेत्र तोड्न खोजेपछि अश्रुग्याँस प्रहार
जिल्ला अदालत कास्कीले म्याद नथपे पनि रवि रिहा नहुने
November 5, 2024
1.3kViews 202 Shares Share on Facebook Share on Twitter बुटवल । पूर्व गृहमन्त्री रवि लामिछानेलाई रुपन्देही ल्याउने विषयमा प्रहरीले कास्की…