यात्रु वाहक बस र ट्रक एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा ३० जना घाइते
काठमाडौं । मकवानपुरको मनहरीमा यात्रु वाहक बस र ट्रक एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा ३० जना घाइते भएका छन् । मकवानपुर प्रहरीले दिएको जानकारी अनुसार सोमबार मनहरी गाउँपालिका वडा नम्बर ६ चौकीटोलस्थित पुर्ब पश्चिम -सडकखण्डमा चितवनबाट हेटौँडातर्फ आउदै गरेको ना ७ ख ३१२० नम्बरको बस र मनहरीबाट चितवनतर्फ जाँदै गरेको ना ६ ख ३११९ नम्बरको ट्रक एक आपसमा ठक्कर खाइ दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्यामु अर्यालका अनुसार घाइतेमध्ये १३ जनाको चितवन स्थित पुरानो मेडिकल कलेजमा र नँया मेडिकल कलेजमा १३ जना गरि २६ जनाको उपचार भइरहेको छ ।यस्तै चार जना घाइतेको हेटौडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । अस्पताल पुर्याइएका घाइते सबैजनाको अवस्था मध्यम रहेको प्रवक्ता अर्यालले जानकारी दिए ।
उनका अनुसार चितवनको नयाँ मेडिकल कलेजमा रौतहटको चन्द्रनिगाहपुर बस्ने वर्ष ४४ का शत्रु राज सिलवाल, पाल्पा घर भएकी वर्ष ३६ की ममता नेपाली, १५ वर्षकी आशिका नेपाली, चितवनको राप्ति नगरपालिका ११ बस्ने वर्ष १० की मुना लोप्चन, सोही स्थानकी वर्ष ३० की ममता तामाङ, वर्ष ११ की मनिषा तामाङ, मकवानपुरको हेटौंडा ४ बस्ने वर्ष ४५ की शुसिला पराजुली, ट्रक चालक बाराको जितपुर सिमरा १ बस्ने वर्ष ३५ का गणेश लामा, रौतहटको १५ वर्षको भिम कुमार थापा, तनहु घिरीङ २ बस्ने ३१ वर्षकी नन्द कलि थापा, निजकी छोरी वर्ष ९ कि मिनाक्षी थापा, मोहतरीको बर्दिबास ५ बस्ने ३४ वर्षको गोरे बहादुर परियार र सोही स्थानका ३० वर्षको बिमल कुमार परियारको उपचार भइरहेको छ ।
यस्तै पुरानो मेडिक कलेजमा पाल्पाको रामपुर ९ बस्ने वर्ष ३५ को भिम बहादुर नेपाली, निजको छोरी वर्ष १० की अमिना नेपाली, छोरा वर्ष ६ को अंकित नेपाली, चितवनको राप्ति ११ बस्ने वर्ष ३५ की शान्ति माया थिङ, निजको छोरा वर्ष १२ को लख्वा दोर्जे तामाङ, छोरी वर्ष ११ की सुष्मा लोप्चन, सर्लाहीको लालबन्दी ९ बस्ने वर्ष ५७ का तिलक बिक, रौतहट चन्द्रनिगाहपुर ४ बस्ने वर्ष २१ की तारा गुरुङ, सोही स्थानका वर्ष २५ को पुस्कर गुरुङ, चितवनको राप्ति ११ वस्ने बर्ष ३१ को चित्र तामाङ, मकवानपुर मनहरी ६ बस्ने बर्ष १८ की सुहाना राई, महोतरीको बर्दिवास ५ बस्ने वर्ष ३३ को बिनोद कुमार परियार, चितवनको भरतपुर महानगरपालिका २१ बस्ने बर्ष २८ को प्रभु सापकोटाको उपचार भइरहेको छ ।
यसैगरी हेटौडा अस्पतालमस बारा निजगढ ७ माझीटोल बस्ने बर्ष ३८ को हरी कुमार माझी, सोही स्थानकी बर्ष ३६ की सम्झना माझी, चितवन खैरेनी २ बस्ने बर्ष २९ को प्रज्वल कुमाल र मकवानपुरको हेटौडा १२ बस्ने बर्ष ५४ की सिता ढुंगानाको उपचार भइरहेको छ ।
समाज
थप सामाग्री-
‘स्त्री २’ का निर्माताले नयाँ फिल्म ‘थामा’ ल्याउने
-
प्रधानमन्त्री केपी ओलीविरूद्ध अराजक अभिव्यक्ति दिनेहरूमाथि प्रहरीले बढायो निगरानी
-
गण्डकी प्रदेशका सांसद मनाङे ज्यान मार्ने उद्योगमा सर्वोच्चबाट दोषी ठहर
-
भारतसँग गरिएको १० हजार मेगावाट विद्युत् व्यापार सम्झौता विरुद्धको रिट खारेज
-
रवि लामिछानेका समर्थकले निषेधित क्षेत्र तोड्न खोजेपछि अश्रुग्याँस प्रहार
जिल्ला अदालत कास्कीले म्याद नथपे पनि रवि रिहा नहुने
November 5, 2024
1.3kViews 202 Shares Share on Facebook Share on Twitter बुटवल । पूर्व गृहमन्त्री रवि लामिछानेलाई रुपन्देही ल्याउने विषयमा प्रहरीले कास्की…