पुर्व प्रहरी महानिरीक्षक अच्यूतकृष्ण खरेलद्धारा पेन्सन जती सबै दान
‘मन भए धन ठूलो होइन’ भन्ने पूर्व प्रहरी महानिरीक्षक अच्यूतकृष्ण खरेलले व्यवहारबाटै देखाएका छन् ।
नेपाल प्रहरीमा फरक-फरक दर्जामा विभिन्न स्थानमा कार्यरत रहँदा मातहतका प्रहरीमा मात्रै नभएर जनसमुदायबीच पनि कुनै न कुनै छाप छाड्न सफल पूर्व प्रहरी महानिरीक्षक अच्यूतकृष्ण खरेल अवकाश प्राप्त जिवनमा पनि संगठनभित्र ‘दानविर’का रुपमा उभिएका छन् ।
उनले आफूले उर्जाशिल समय व्यथित गरेको अर्थात् जीवनको महत्वपूर्ण समय योगदान पुरर्याएको प्रहरी संगठन सबै प्रहरीका सदस्यको छाता बन्न सकोस् भनेर आफूले आफूलाई प्राप्त सम्पूर्ण पेन्सन रकम संगठनकै तल्लो तहका सदस्य तथा उनीहरुका सन्तानको शिक्षादिक्षाका लागि अर्पण गर्न थालेका छन् । कर्तव्यपालनाका सिलसिलामा वीरगति प्राप्त गर्ने तल्लो तहका प्रहरीका सन्तानलाई शैक्षिक प्रोत्साहन गर्ने हेतुले स्थापना गरिएको छात्रवृत्ति प्रदान गर्ने खरेल प्रहरी संगठनभित्रका पहिलो ‘दानविर’ हुन् । खरेलले थालेको अक्षयकोष स्थापनाको सिलसिला पछिल्लो समय अरुले पनि देखासिकी गर्न थालेका छन् ।
खरेलले प्रहरी संगठनको कार्य विभाग अन्तर्गतको स्मारक गुठी तथा नेपाल प्रहरी विद्यालयहरुमा स्थापना गरेको कोषबाट ‘अच्यूत-मिना अमर प्रहरी पुरस्कार’ वार्षिक ६० हजार दुई जना (एक छात्र, एक छात्रा)ले प्राप्त गर्ने छन् । त्यस्तै, ‘अच्यूत-मिना अमर प्रहरी परिवार छात्रवृत्ति’ वार्षिक १ लाख २ हजार पनि ५१ हजारका दरले एक छात्र, एक छात्राले प्राप्त गर्ने छन् । त्यसैगरी ‘अच्यूत-मिना अशक्त प्रहरी कर्मचारी वृत्ति कोष’बाट पनि छ जना अशक्त प्रहरी कर्मचारीले जनही वार्षिक ६० हजार प्राप्त गर्ने छन् । यो सहयोग राशी कर्तब्य पालनाका सिलसिलामा घाइते भएका प्रहरी जवान २ जना, हवलदार २ जना, एक जना असई र एक जना सईले प्राप्त गर्ने छन् ।
त्यसैगरी, नेपाल प्रहरी स्कुल साँगामा पनि पूर्व महानिरीक्षक खरेलले २०४८ सालमै ‘सरस्वती-गोपिकृष्ण खरेल छात्रवृत्ति कोष’ वीरगती प्राप्त प्रहरीका जेहेन्दार सन्ततीको लागि रु ५१ हजार १ सय ५२ रुपैयाको अक्षयकोष स्थापना गरिदिएका छन् । त्यस्तै, प्रहरी स्कुल बेलचौतारा, तनहुँमा पनि २०५४ मा ‘अच्युत-मिना खरेल छात्रवृत्ति कोष’ स्थापना गरेका खरेलले त्यहाँ पनि ५१ हजारको अक्षयकोष स्थापना गरिदिएका छन् । त्यस्तै, गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरामा पनि २०५४ मै ‘अच्यूत-मिना छात्रवृत्ति कोष’ स्थापना गरेका उनले त्यहाँ पनि ५१ हजारकै अक्षयकोष स्थापना गरेका छन् । त्यसैगरी, लुम्वीनी प्रदेश कार्यालयमा २०५६ मा ५१ हजारकै ‘अच्यूत-मिना अक्षयकोष’को स्थापना गरिएको नेपाल प्रहरीले प्रकाशन गरेको “६९ औं प्रहरी दिवस २०८१” मा प्रकाशित अक्षयकोषहरुको विवरण नामक पुस्तीकामार्फत सार्वजनिक गरिएको छ ।
यसैबीच, ‘दानविर’का रुपमा समेत प्रहरी संगठनभित्र चिनिन थालेका पूर्व प्रहरी महानिरीक्षक अच्यूतकृष्ण खरेलसँग सम्पर्क गर्दा उनले आफूले आफ्नो सशक्तकालको जिवन व्यथित गरेको प्रहरी संगठनका तल्लो तहका सदस्यको मनोबल उकास्नकै लागि पनि आफूले यो अभियानमा सहभागि भएर सन्तोष लिएको बताए । आफ्नै अनूभव सुनाउने बताउँदै उनले भने- “म प्रहरी संगठनमा विभिन्न दर्जामा विभिन्न ठाउँमा रहँदा नेतृत्व मेरो भए पनि मलाई नि:स्वार्थ साथ दिएर, सहयोग गर्दै सफल तुल्याउने तल्लो तहकै प्रहरीका सदस्य रहेको बुझेकाले मैले तल्लोतहकै हितमा उनीहरुको मनोबल उकास्न यो अभियान थालेको हुँ । यस्ता अभियानमा अरु पनि बहालवाला, अवकाश प्राप्त प्रहरी अधिकारीलाई जोडीन म अनुरोध गर्दछु ।”
खरेलका अनुसार ४ कक्षादेखि १० कक्षासम्म अध्ययन गर्ने दुई जना जेहन्दार विधार्थीले वार्षिक एक मुष्ठ ५१ हजार रुपैया छात्रवृत्ति रकम प्राप्त गर्ने छन् । उक्त छात्रवृत्ति सहयोग रकम कर्तव्यपालनाका सिलसिलामा वीरगति प्राप्त गर्ने अमर प्रहरी (कार्यालय सहयोगी, प्रहरी जवान, प्रहरी हवल्दार)का सन्ततीहरु मध्ये २ जना जेहन्दार तर, आर्थिक अवस्था अत्यन्तै कमजोर भएका परिवारका सन्ततीलाई शिक्षा हासिल गर्न सहज एवम् सरल होस् भन्ने भावनाबाट ओतप्रोत भएर उपलब्ध गराइएको हो ।
प्रहरी संगठनमा यसरी अक्षयकोष नै स्थापना गरी संगठनका विरगती प्राप्त बहादुर सदस्यका सन्ततीको उज्ज्वल भविष्यको कामना गर्दै छात्रवृत्ति रकम उपलब्ध गराउने खरेल नै प्रथम व्यक्ति हुन् । पूर्व प्रहरी महानिरीक्षक खरेलका अनुसार आफ्नो जिवनकालपछि पनि उक्त छात्रवृत्ति अभियानले निरन्तरता पाओस् भनि खरेलकै इच्छामा उहाँका सन्तानद्धय छोरा डा. आयुष र छोरी डा. चाँदनीले ११ लाखको अक्षयकोष स्थापना गरिदिने छन् ।
यसरी आफूले सहयोग राशी समर्पण गर्न पाएकोमा खरेल मात्रै होइन, उनका परिवारजन पनि खुसी छन् ।
स्मरणीय छ, पछिल्लो समय उच्च तहमै पदासिन राष्ट्रसेवकले राज्यबाट पेन्सन रकम बढी पाउन अवकाशको अघिल्लो दिन मात्रै भए पनि राजीनामा गर्ने परिपाटी चलिरहेका बेला पूर्व प्रहरी महानिरीक्षक अच्यूतकृष्ण खरेलले आफूले राज्यबाट प्राप्त सम्पूर्ण पेन्सन रकम प्रहरी संगठनकै सदस्य तथा उनीहरुका सन्तानको वृत्ति विकाशका लागि समर्पण गरेको यो उदाहरणीय एवम् मनकारी, परोपकारी शैलीले कसकसको मन पोल्ने हो ?
समाज
थप सामाग्री-
‘स्त्री २’ का निर्माताले नयाँ फिल्म ‘थामा’ ल्याउने
-
प्रधानमन्त्री केपी ओलीविरूद्ध अराजक अभिव्यक्ति दिनेहरूमाथि प्रहरीले बढायो निगरानी
-
गण्डकी प्रदेशका सांसद मनाङे ज्यान मार्ने उद्योगमा सर्वोच्चबाट दोषी ठहर
-
भारतसँग गरिएको १० हजार मेगावाट विद्युत् व्यापार सम्झौता विरुद्धको रिट खारेज
-
रवि लामिछानेका समर्थकले निषेधित क्षेत्र तोड्न खोजेपछि अश्रुग्याँस प्रहार
जिल्ला अदालत कास्कीले म्याद नथपे पनि रवि रिहा नहुने
November 5, 2024
1.3kViews 202 Shares Share on Facebook Share on Twitter बुटवल । पूर्व गृहमन्त्री रवि लामिछानेलाई रुपन्देही ल्याउने विषयमा प्रहरीले कास्की…