पूर्वसभामुख ढुंगानाको अन्त्येष्टि भोलि गरिने
काठमाडौं । आइतबार निधन भएका पूर्वसभामुख दमननाथ ढुंगानाको सोमबार मात्र अन्त्येष्टि गरिने भएको छ ।
वेलायतमा रहेका छोरा फर्किन समय लाग्ने भएकाले सोमबार दिउँसो १२ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने भाञ्जा सुुरज भट्टराईले जानकारी दिए । उनका छोरा डा निमेष ढुंगाना म्यानचेस्टर युनिभर्सिटीमा अध्यापन गर्छन् । ढुंगानाका अर्का छोरा निशेष र छोरी नीतिका भने नेपालमै छन् ।
उनको शव आइतबार त्रिवि शिक्षण अस्पतालमा राखिने भएको छ । भट्टराईका अनुसार नेपाली कांग्रेस, संघीय संसद सचिवालय र नेपाल बार एशोसिएसनमा ढुंगानालाई अन्तिम श्रद्धाञ्जली दिन प्रस्ताव आए पनि कतै नराखिने भएको छ ।
कलेजोसम्बन्धी समस्याको उपचारका लागि पुरानो बानेश्वरको फ्रन्टलाइन अस्पताल भर्ना भएका ८३ वर्षका ढुंगानाको उपचारका क्रममा आइतबार दिउँसो निधन भएको थियो ।
वरिष्ठ अधिवक्ता ढुंगाना २०४८ सालदेखि २०५१ सम्म सभामुख थिए ।
समाज
थप सामाग्रीगृहमन्त्री रमेश लेखक द्वारा शान्ति सुरक्षा सुदृढ गर्न कुनैपनि सम्झौता नगर्न मातहतका निकायलाई निर्देशन
December 9, 2024
1.2kViews 229 Shares Share on Facebook Share on Twitter सुर्खेत । गृहमन्त्री रमेश लेखकले शान्ति सुरक्षा सुदृढ गर्न कुनैपनि सम्झौता…