यो सम्पत्ति भन्ने कुरा भएको राम्रो कि नभएको ?
दाईले आफ्नै भाईलाई अनी भाईले दार्ईलाई गर्ने व्यवहार धनसम्पत्तिसँग जोडियो भने केसम्म हुँदोरै’छ ?
भारतका सुविख्यात उद्योगी-व्यवसायी धिरुभाई अम्बानीका पुत्रद्धय मुकेश र अनीलले पैत्रिक सम्पत्ति तथा सञ्चालनमा रहेका उद्योग-व्यवसाय बण्डा गर्दा मुकेशको भन्दा अनीलको भागमा रोजा एवम् मुल्यवान कम्पनी परेको थियो । तर, केही समयको अन्तरालमै लथालिंग व्यवस्थापनले गर्दा भाई अनीलका कम्पनी-व्यवसाय डुब्दै गए, उनीमाथि ऋृणको बोझ थपिँदै गयो । तर, दाई मुकेशका कम्पनीले प्रतिष्ठाको उचाइँ लिँदै गयो । फलतः भाई अनीलका कम्पनी कोल्याप्स मात्र भएनन्, बैंकको कर्जा चुक्ता गर्न नसक्दा जेल जाने परिस्थिति आयो । घरायसी सम्वन्ध त्यती राम्रो नभएता पनि दाई मुकेशले भाईलाई जेल जान दिएनन्, सम्पूर्ण कर्जाबाट भाईलाई मुक्त गरिदिए ।
तर, नेपालका घिरुभाई अम्बानी भनेर भन्दा हुने प्रख्यात व्यवसायी मणीहर्ष ज्योती जो ‘ज्योती ग्रुप’का संस्थापक हुन् । उनले सञ्चालनमा ल्याएको ‘ज्योती ग्रुप’ले नेपालमा केही उद्योगधन्दा र प्रमुख व्यापार-व्यवसाय गर्दै आएको छ । तर, बाबु मणीहर्ष ज्योतीको निधनपछि त्यो ‘ज्योती ग्रुप’को सञ्चालन अभिभारा छोराद्धय पद्यम ज्योती र रुप ज्योतीमा सर्यो । दाजुभाई बीचको आपसी बेमेलले गर्दा बाबुले स्थापना गरेको ‘ज्योती ग्रुप’को अस्तित्व अहिले धरापकै अवस्थामा पुगेको छ । दाजुभाई र उनीहरुका परिवारबीच मनमुटाव मात्रै छैन, मुद्धामामिला नै परिरहेको अवस्था छ । एकले अर्कालाई सिध्याउने दौडमा रहँदा बाहिरीयाका अगाडी तमासा बन्न पुगेका छन्- पध्म र रुप ।
यो विज्ञापनले जनाएअनुसार आफ्ना छोराहरुको यो अवस्था देख्नु पर्दा यतीबेला स्वर्गवासी मणीहर्षलाई के लागेको होला ? उनले आफूले जोडेको धनसम्पत्ति र छोराहरुलाई दिएको जिम्मेवारी प्रति ‘थुक्क थुक्क’ पो गर्दै होलान् कि ? त्यसैले उनले पछुतो पनि मान्दै होलान् कि- ‘मैले छोराहरुलाई सम्पत्ति त दिएछु तर संस्कार दिएनछु’ ।
समाज
थप सामाग्रीठमेलको छाया सेन्टरको विवादमा फैसला सुनाउँदै सर्वोच्च
December 9, 2024
1.3kViews 330 Shares Share on Facebook Share on Twitter काठमाडौँ । सर्वोच्च अदालतले काठमाडौँको ठमेलस्थित कमलपोखरी ( छायादेवी कम्प्लेक्स /…