३ महिनाभित्र खाँदबारी–किमाथाङ्का सडकको ‘ट्र्याक’ खुल्छः रक्षामन्त्री राई
काठमाडौँ । रक्षामन्त्री मानवीर राईले आगामी तीन महिनाभित्र राष्ट्रिय गौरव र प्राथमिकता प्राप्त आयोजनाबाट महत्वपूर्ण प्रगति हासिल गर्नुपर्नेमा जोड दिएका छन् । रक्षा मन्त्रालयमा आज आयोजित ‘प्रथम त्रैमासिक प्रगति समीक्षा एवं मन्त्रालयस्तरीय विकास समस्या समाधान समिति’को बैठकमा उहाँले जनतालाई आशा जगाउने गरी काम गर्न निर्देशन दिए ।
अबको तीन महिनाभित्र खाँदबारी–किमाथाङ्का सडकको ‘ट्र्याक’ खुल्ने जानकारी उनले दिए । राष्ट्रिय गौरवको काठमाडौँ–तराईरमधेस द्रूतमार्ग आयोजनाको काठमाडौँतर्फको प्रवेश विन्दुको विषयलाई निष्कर्षमा पुयाउन सरोकारवालासँग छलफल गरिएको मन्त्री राईको भनाइ थियो।
‘केही समयभित्र सरोकारवालासहित स्थलगत निरीक्षण गरी जनताको सरोकार र भौगोलिक अवस्था बुझेर निष्कर्षमा पुगिनेछ’, उनले भने, ‘खोकना प्रवेश विन्दुमा देखिएको असमझदारी टुङ्गिएपछि आयोजना समयमै सम्पन्न हुने छ।’
समाज
थप सामाग्रीकठ्याङ्ग्रिदो चिसोमा न्यायो बाँड्दै क्लोथ बैंक ,गरीब तथा विपन्नलाई न्यानो कपडा वितरण
December 12, 2024
1.8kViews 464 Shares Share on Facebook Share on Twitter जनकपुरधाम । क्लोथ बैंक नेपालले विगत ६ वर्षदेखि आर्थिक अभावमा परेका…