दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न अनुमति
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अफवाह फैलाएको आरोपमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईं पाँच दिन हिरासतमै रहने भएका छन् ।
न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले प्रसाईंलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । प्रहरीले आज बिहान प्रसाईंलाई म्याद थपका लागि अदालतमा उपस्थित गराएको थियो ।
सीआईबीले प्रसाईंलाई मंगलबार बिहान भक्तपुरस्थित उनकै घरबाट पक्राउ गरेको थियो । सीआईबीले थप अनुसन्धान र कानुनी प्रक्रियाका लागि प्रसाईंलाई अपराह्न आफू मातहतको साइबर ब्यूरोमा पठाएको थियो ।
प्रहरीले विद्युतीय अपराध नियन्त्रण ऐन, २०६३ विपरीतको कसुर गरेको भन्दै उनलाई पक्राउ गरेको थियो ।
समाज
थप सामाग्रीगृहमन्त्री रमेश लेखक द्वारा शान्ति सुरक्षा सुदृढ गर्न कुनैपनि सम्झौता नगर्न मातहतका निकायलाई निर्देशन
December 9, 2024
1.4kViews 229 Shares Share on Facebook Share on Twitter सुर्खेत । गृहमन्त्री रमेश लेखकले शान्ति सुरक्षा सुदृढ गर्न कुनैपनि सम्झौता…