विकासमा राजनिति गर्न हुँदैन :गृहमन्त्री लेखक
महेन्द्रनगर ५ मङ्सिर । गृहमन्त्री रमेश लेखकले विकासमा राजनिति गर्न नहुने बताउनुभएको छ ।
बुधबार कञ्चनपुरको कृष्णपुर नगरपालिकाले आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै गृहमन्त्री लेखकले कसैले पनि विकासमा राजनिति गर्न नहुने बताउनुभएको हो । “चुनाव लड्दा हामी आ–आफ्नो पार्टीको झण्डा लिएर जान्छौ ।” उहाँले भन्नुभयो–“चुनाव तिजतिसकेपछि विकासको मुद्धामा सबै मिलेर अगाडी बढ्नुपर्छ ।” त्यसैगरि उहाँले लोकतन्त्रको विकल्प अरु कुनै व्यवस्था हुन नसक्ने बताउनुुभएको छ । “लोकतन्त्रमा जनताका अधिकारहरुको सुरक्षा गर्ने,स्वतन्त्रता प्रदान गर्ने जनताको व्यवस्था हो ।” उहाँले भन्नुभयो–“त्यसैले अहिलेको शासन व्यवस्थालाई हामीले सुदृढ गर्दै लग्नुपर्छ यसैमा जनताको विश्वास र भरोसा जगाउनु पर्छ ,त्यसका लागि पनि स्थानीय सरकारको सबैभन्दा भुमिका महत्वपूर्ण छ ।” उहाँले स्थानीय सरकारले सहजढंगले जनतालाई सेवा प्रदान गर्नुपर्ने बताउनुभयो ।
“हासेर बोली दिनुस आधा समस्याको समाधान त्यसबाटै भइहाल्छ ।” गृहमन्त्री लेखकले भन्नुभयो–“सेवा प्रदान गर्दाखेरी जनतालाइै सबैभन्दा माथी राखेर सेवा प्रदान गर्नुहोस ।” उहाँले देशमा विधिको शासन कायम गर्न र विधिको शासन कायम गर्न सरकार पूर्ण रुपले लागि परेको बताउनुभयो । “एमाले र कांग्रेस मिलेर सरकार बनेको छ ।” उहाँले भन्नुभयो–“यो सरकार देशमा स्थीरताका र शुसाशन कायम राख्नका लागि बनेको हो ।” उहाँले जनजिविकाको सवाल र मुलुकमा आर्थिक उन्नती गर्ने सवालमा सरकार क्रियाशिल भएर लागेको बताउनुभयो । “एकै महिनामा परिणाम आउँदैन सरकारले गरेका कामको परिणाम आउन समय लाग्छ ।” उहाँले भन्नुभयो–“हामी अत्यन्तै मेहनतका साथ काम गरिराखेका छौ ।” त्यसैगरि उहाँले पछिल्लो समय लागुऔषधका कारण दुर्घटना बढेको बताउदै त्यसको नियन्त्रणका लागि पनि स्थानीय सरकार लाग्नु पर्ने बताउनुभयो ।
समाज
थप सामाग्रीठमेलको छाया सेन्टरको विवादमा फैसला सुनाउँदै सर्वोच्च
December 9, 2024
1.3kViews 330 Shares Share on Facebook Share on Twitter काठमाडौँ । सर्वोच्च अदालतले काठमाडौँको ठमेलस्थित कमलपोखरी ( छायादेवी कम्प्लेक्स /…