अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउन संसद्मा विधेयक पेस
अस्ट्रेलियाको तल्लो सदनमा १६ वर्ष मुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने विधेयक पेस गरिएको छ।
बीबीसीका अनुसार उक्त विधेयक बिहीबार पेस भएको हो।
अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले भने- यो प्रतिबन्ध एक्स, टिकटक, फेसबुक र इन्स्टाग्राममा हुनेछ। यो सामाजिक सञ्जालको हानिबाट बालबालिकालाई बचाउन हो।
अस्ट्रेलियाको नयाँ कानुनले यस्तो प्रतिबन्धको लागि एक रूपरेखा प्रदान गर्नेछ। १७ पृष्ठको यो विधेयक अर्को हप्ता अस्ट्रेलियाको सिनेटमा पेस हुने सम्भावना छ।
अस्ट्रेलियामा धेरै अभिभावकले यो पहललाई स्वागत गरेका छन्। सँगसँगै धेरै विज्ञले भने यस विषयमा प्रश्न पनि उठाइरहेका छन्।
केटाकेटीलाई सामाजिक सञ्जालबाट रोक्न सम्भव छ कि छैन भन्ने प्रश्न उनीहरूको छ।
समाज
थप सामाग्रीगृहमन्त्री रमेश लेखक द्वारा शान्ति सुरक्षा सुदृढ गर्न कुनैपनि सम्झौता नगर्न मातहतका निकायलाई निर्देशन
December 9, 2024
1.4kViews 229 Shares Share on Facebook Share on Twitter सुर्खेत । गृहमन्त्री रमेश लेखकले शान्ति सुरक्षा सुदृढ गर्न कुनैपनि सम्झौता…