अमेरिकामा नेपालीले चलाएको कार दुर्घटना हुँदा २ नेपालीकै मृत्यु

अमेरिकाको भर्जिनिया राज्यस्थित च्यान्टिलीनजिकै कार दुर्घटना हुँदा दुई नेपालीको मृत्यु भएको छ।

स्थानीय समयाअनुसार शुक्रबार मध्यराति कार दुर्घटना हुँदा रुकुमपश्चिमको आठबीसकोट नगरपालिका ७ का सुरेश केसीको मृत्यु भएको हो। यस्तै दुर्घटनामा बर्दियाका विवेक सुवेदीको पनि मृत्यु भएको छ भने काठमाडौँका मेहुल श्रेष्ठ घाइते भएका छन्। अस्पतालमा उपचाररत श्रेष्ठको अवस्था खतरामुक्त रहेको बताइएको छ।

स्थानीय सञ्चारमाध्यमका अनुसार दुर्घटना लाउडाउन काउन्टी पार्क वे र ताल सेडार पार्क वेनजिक भएको हो। ठक्कर दिने कार चालक पनि नेपाली नै हुन्।

चालक ३० वर्षीय विजय तामाङलाई पक्राउ गरी दुई जनाको हत्या अभियोगमा मुद्दा चलाउने तयारी भइरहेको छ। अहिले उनलाई लाउडाउन काउन्टी अडल्ट डिटेन्सन सेन्टरमा राखिएको छ।

Facebook Comments Box
TOP
377 Shares