उत्तर कोरियाली क्षेप्यास्त्रले युक्रेनमाथि आक्रमण गरिरहेछ: रुस
किभ । रुसले युक्रेनमाथि उत्तर कोरियामा बनेका क्षेप्यास्त्र हानेर आक्रमण गरिरहेको छ । पछिल्ला दिनहरूमा रुसले युक्रेनमाथि क्षेप्यास्त्रबाट आक्रमण तीव्र पारेको छ । यीमध्ये एक तिहाइ हतियार उत्तर कोरियाली भएको पाइएको छ ।
पश्चिमी देशमा बनेका कम्पोनेन्टहरू राखेर बनाइएको क्षेप्यास्त्र भएकोले यी अस्त्रहरू प्रयोग हुन सक्ने युक्रेनी सैन्य अधिकारीहरूले भनेका छन् । उत्तर कोरियामाथि पश्चिमी देशहरूले प्रतिबन्ध लगाएका छन् । यी प्रतिबन्धका बाबजुद उत्तर कोरियाले क्षेप्यास्त्रका लागि पश्चिमी देशमा बनेका कम्पोनेन्ट पाइरहेको छ ।
यो वर्ष रुसले युक्रेनमाथि ६० थान उत्तर कोरियाली केएन–२३ क्षेप्यास्त्र हानेको एक युक्रेनी रक्षा अधिकारी बताएका छन् । यो भनेको यस वर्षको अहिलेसम्मको अवधिमा प्रहार भएका हरेक तीनमा वटा क्षेप्यास्त्र हो । यो वर्षको अहिलेसम्मको अवधिमा रुसले युक्रेनमाथि १९४ वटा क्षेप्यास्त्र हानेको सीएनएनको आँकडाले देखाएको छ । अगस्ट र सेप्टेम्बरमा ब्यालिष्टिक मिसाइलबाट हमला निकै बढेको थियो ।
रुसले युक्रेनमा आक्रमण गर्न उत्तर कोरियाली क्षेप्यास्त्र प्रयोग गरेको यो पहिलो पटक थियो । वसन्त यता नै रुसले ब्यालिष्टिक मिसाइलको प्रयोग गरिरहेको र ड्रोनबाट आक्रमण बढाएको पनि आफूहरूले देखिरहेको युक्रेनी हवाई बलका कायम मुकायम प्रमुख युरीई इग्न्याटले सीएनएनलाई भनेका थिए । रुसको कुस्र्क क्षेत्रमा तैनाथ गर्न उत्तर कोरियाले आफ्ना ११ हजार सेना पनि पठाएको बताइएको छ ।
समाज
थप सामाग्रीठमेलको छाया सेन्टरको विवादमा फैसला सुनाउँदै सर्वोच्च
December 9, 2024
1.3kViews 330 Shares Share on Facebook Share on Twitter काठमाडौँ । सर्वोच्च अदालतले काठमाडौँको ठमेलस्थित कमलपोखरी ( छायादेवी कम्प्लेक्स /…