नरेश प्रधानको शब्द, प्रताप दास र अस्मिता अधिकारीको स्वरमा ‘तिमीलाई पाउँदा’ सार्वजनिक
2.8kViews
176
Shares
काठमाडौं : जीवनमा कसैको मायालु साथ पाउँदा मनमा छाउने खुसी अनि मन भरि उर्लने लहरहरु, आँखाले सजाउने सपनाहरु विशेष लाग्छन् । दुई मनको आत्मिक मिलनले दुई मनलाई एक बनाइदिन्छ, मनमा सुमधुर एवं प्रेमिल भाव उब्जाउँछ त्यति बेला आफ्नो भाग्य अनि कर्म दुवै प्रति आभार प्रकट गर्न मन लाग्छ, यो मिलन, यो खुखियाली बसन्त बनिदियोस्, जीवन्त बनिदियोस् भन्ने कामना दुवै प्रेमिल मनले संगालिरहन्छन् । गीतकार एवं सामाजिक अभियन्ता नरेश प्रधानको शब्द रचनामा यस्तै भावको मीठो प्रेमिल गीत ‘तिमीलाई पाउँदा’ सार्वजनिक भएको छ ।
चर्चित गायक प्रताप दास र गायिका अस्मिता अधिकारीको सुमधुर स्वरमा सजिएको उक्त गीतमा संगीतकार एलिस कार्कीको संगीत सिर्जना रहेको छ भने शैलेन्द्र प्रधान बाबुले संगीत संयोजन गरेका छन् । उक्त गीतको मिक्सिङ तथा मास्टरिङ महेश्वरमान राजभण्डारीले गीतको मिक्सिङ तथा मास्टरिङ गरेका छन् । स्टुडियो साउण्डमिलको प्रस्तुतिमा निर्माण भएको उक्त म्यूजिक भिडियोमा नायक कुन्साङ बम्जन र श्रद्धा क्षेत्रीको रोमाञ्चक एवं जीवन्त अभिनय रहेको छ।
निकेश खड्काको निर्देशनमा बनेको म्यूजिक भिडियोमा उत्सव दाहालको छायाँकन तथा विकास धमलाको सम्पादन रहेको छ । राजेन्द्र मोक्तानले भिडियोको कलरिङ गरेका छन् भने समरा जोशीले कलाकार द्वय कुन्साङ र श्रद्धाको मेकअप गरेकी छिन् । गीत दर्शक, श्रोता समक्ष ल्याउन परियोजनाको निर्देशकको भूमिका चचित गायिका बुनु श्रेष्ठको रहेको छ ।
स्टुडियो साउण्डमिलको युट्यूब च्यानलमार्फत शनिबार उक्त गीत सार्वजनिक गरिएको हो ।
स्टुडियो साउण्डमिलको युट्यूब च्यानलमार्फत शनिबार उक्त गीत सार्वजनिक गरिएको हो ।
विगतका दिनमा अन्य सामाजिक विषयवस्तुमा आधारित गीतहरुले झैं यस गीतले पनि दर्शक, श्रोताको माया पाउनेमा गीतकार नरेश प्रधान आशावादी रहेका छन् ।
यसअघि गीतकार प्रधानको रचनामा मेरो भाग्य, साथ हुँदैमा, आमा, तिमी मेरी हुन सकिनौ, आऊ साथी, स्वीकार लगायतका दर्जन बढी गीतहरुलाई दर्शकस्रोता माझ आइसकेका छन् ।
Facebook Comments Box
समाज
थप सामाग्रीगृहमन्त्री रमेश लेखक द्वारा शान्ति सुरक्षा सुदृढ गर्न कुनैपनि सम्झौता नगर्न मातहतका निकायलाई निर्देशन
December 9, 2024
1.2kViews 229 Shares Share on Facebook Share on Twitter सुर्खेत । गृहमन्त्री रमेश लेखकले शान्ति सुरक्षा सुदृढ गर्न कुनैपनि सम्झौता…