भक्तपुर नगरपालिकाले भत्काएको संरचना स्ववीयू भक्तपुर क्याम्पसले किन खनाए रजिस्टारको कार्यालयमा
भक्तपुर । भक्तपुर क्याम्पसको गेट र पर्खाल भत्काएको विषयमा त्रिभुवन विश्वविद्यालयका उपकुलपति बाट रजिस्टार र क्याम्पस प्रमुख माथि कुनै कारबाही नगरेको भन्दै भक्तपुर क्याम्पस स्ववीयूले रजिस्टारको अफिस अगाडी भत्काएको संरचना खन्याएर विरोध गरेको छ ।
भक्तपुर नगरपालिकाले बल पूर्वक असोज ७ गते भक्तपुर क्याम्पसको गेट र पर्खाल भत्काएर बाटो बनाउन लागेपछि विद्यार्थी आन्दोलित भएका छन् ।
आन्दोलनको क्रममा विद्यार्थीले क्याम्पसमा प्रमुखलाई प्रवेश निषेध देखि विभिन्न धर्ना एवं अन्य आन्दोलन गर्दै आएका छन् ।
भक्तपुर क्याम्पसको साइडमा पर्ने भाज्या पोखरीको डिल पोखरीको नै हुनुपर्ने भन्दै भक्तपुर नगरपालिकाले पोखरीको डिल साइडको पर्खाल र गेट भत्काइदिएको थियो ।
हामीले अध्ययन गर्ने संस्थाको पर्खाल भत्काइएको छ यो समयमा पनि विश्व विद्यालय आफ्नो भएको जमिन जोगाउन भन्दा पनि विभिन्न सम्झौता गर्ने रजिस्टार क्याम्पस प्रमुख लगायत केही गएर नगरपालिकामा जग्गा दिने सम्झौता गर्ने कदम निन्दनीय भएका कारण आफूहरू आन्दोलनमा नै रहेको क्याम्पसका स्ववीयू सभापति पुकार पराजुलीले बताउनुभयो । उहाँका अनुसार क्याम्पस बिदाको समयमा नगरपालिकाले डोजर लगाएर पर्खाल गेट खानेपानीको ट्याङ्की भएको भवन लगायत पुरानो शौचालय भलिबल कोर्ट लगायतका संरचना भत्काएको छ । नगरपालिकाले क्याम्पसमा बन्ने संरचना कुनैलाई स्वकृति नदिने विभिन्न काममा अडचनमात्र दिने तथा क्याम्पसको जग्गा मात्र पारेर चार तिरको बाटो बनाउन खोज्ने पोखरीको डिल भन्दा बाहेक अन्य स्थानका पर्खाल बनाउन समेत नदिने जस्ता विभिन्न कार्य गर्दै आउँदा क्याम्पसमा लामो समय देखि झमेला हुँदै आएको छ । जसको विरुद्धमा हामीले आज नगरपालिकाले भत्काएको संरचना रजिस्टारको कार्यालयको गेटमा खन्याएका हौँ ।
हामीले रजिस्टारलाई क्याम्पसको जग्गा जोगाउन पहल गर्दै आएका थियौँ जे भयो गलत भयो त्रिभुवन विश्व विद्यालयको जग्गा जोगाउने काम विद्यार्थीको पनि हो यसैले हामीले नगरपालिका, क्याम्पस प्रमुख लगायतका जो क्याम्पसको जग्गा हडप्ने दाउमा छन् उनीहरूको विरुद्धमा आन्दोलन गर्दै आएका हौँ । पराजुलीले बताउनुभयो ।
पराजुलीको नेतृत्वमा ३ दर्जन बढी विद्यार्थी रजिष्टार कार्यालयको गेटमा भत्काएको संरचना खन्याउन पुगेका थिए ।
समाज
थप सामाग्रीठमेलको छाया सेन्टरको विवादमा फैसला सुनाउँदै सर्वोच्च
December 9, 2024
1.3kViews 330 Shares Share on Facebook Share on Twitter काठमाडौँ । सर्वोच्च अदालतले काठमाडौँको ठमेलस्थित कमलपोखरी ( छायादेवी कम्प्लेक्स /…