मोटरसाइकल दुर्घटनामा दम्पतीको मृत्यु

सुनसरीको इटहरी उपमहानगरपालिका–१७ बालग्राम चोकमा भएको सवारीसाधन दुर्घटनामा आइतबार एक दम्पतीको मृत्यु भएको छ।

मृत्यु हुनेमा संखुवासभाको धर्मदेवी नगरपालिकाका–३ का ३२ वर्षीय युवराज गुरूङ र उनकी श्रीमती ३२ वर्षीया टीका गुरूङ रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका सहायक प्रवक्ता एवं प्रहरी निरीक्षक दिनेश अधिकारीले जानकारी दिए।

बालग्राम चोकमा को३६प ५६३७ नम्बरको मोटरसाइकललाई पहिचान नभएको सवारीसाधनले ठक्कर दिँदा दुवै जनाको मृत्यु भएको हो।

गम्भीर घाइते भएका दुवै जनाको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।प्रहरीले ठक्कर दिने सवारीसाधनको खोजी गरिरहेको छ।

Facebook Comments Box
TOP
321 Shares