साढे एक लाख क्यूफिट सालको काठ त्यतिकै सड्दै, छैन सदुपयोग
नवलपरासी । पश्चिम नवलपरासीमा एक लाख ५० हजार क्यूफिट सालको काठ सडेर खेर जाने अवस्थामा छ । डिभिजन वन कार्यालय नवलपरासीका वन व्यवस्थापन अधिकृत यम भगतका अनुसार जिल्ला वन डिभिजन कार्यालय हाताभित्र एक करोड बढी मूल्य बराबरको काठ बिक्री नगरिंदा सड्न थालेको हो । यससम्बन्धी नयाँ नीति आएपछि काठ बिक्री गर्नमा समस्या भएको जनाइएको छ । प्रदेशको वन नीति संशोधन नभएसम्म काठ बिक्रीमा समस्या आइरहने उनले बताए । डिभिजनल वन कार्यालयले दोस्रो पटक काठ बिक्री गर्ने तयारी गरिरहेको वन अधिकृत भगतले जानकारी दिए । काठ तथा फर्निचर व्यापार नभएर काठ व्यवसायीले खरिद नगरेपछि वन कार्यालयभित्रै काठ सड्न थालेको नवलपरासी काठ व्यवसायी सङ्घका अध्यक्ष दीपक पङ्गेनीले बताए । सालको काठ महँगो भएकाले व्यवसायीले काठ खरिद नगरेपछि जिल्लामा करोडौँ मूल्य बराबरको काठ वनभित्रै सड्न थालेको दिपीका फर्निचरका सञ्चालक एवं काठ व्यवसायी चन्द्रभान धरिकारले बताए । मुलुकभित्र भएको काठ सडेर खेर गइरहेका बेला विदेशबाट अर्बौैंको काठ अथा फर्निसिङका सामान आयात भइरहेको अवस्था छ ।रासस
समाज
थप सामाग्रीकठ्याङ्ग्रिदो चिसोमा न्यायो बाँड्दै क्लोथ बैंक ,गरीब तथा विपन्नलाई न्यानो कपडा वितरण
December 12, 2024
1.8kViews 464 Shares Share on Facebook Share on Twitter जनकपुरधाम । क्लोथ बैंक नेपालले विगत ६ वर्षदेखि आर्थिक अभावमा परेका…