आगलागीमा परी एक जनाको मृत्यु, नौ घाइते
काठमाडौँ । काठमाडौँसहित विभिन्न जिल्लाका २१ स्थानमा आगलागीका घटना घटेका छन् । पछिल्लो २४ घण्टामा आगलागीमा परी काठमाडौँको बुढानीलकण्ठमा एक जनाको मृत्यु भएको छ भने विभिन्न जिल्लामा गरी नौ जना घाइते भएका छन् ।
बुढानीलकण्ठ नगरपालिका–१३ चुनीखेलमा पूजा कोठामा बत्ती बाल्ने क्रममा लगाएको लुगामा आगो सल्किँदा ७५ वर्षीया वृद्धाको मृत्यु भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता डा. डिजन भट्टराईले जानकारी दिए । उनले अन्य जिल्लामा पनि जाडो बढेसँगै आगो ताप्ने क्रममा आगलागीमा परी मानिस घाइते हुनेक्रम बढेको बताए ।
प्रवक्ता डा भट्टराईले मोरङ, सुनसरी, धनुषा, रौतहट, भक्तपुर र कपिलवस्तुमा आगलागीमा परेर नौ जना घाइते भएको जानकारी दिए । घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।
चिसो बढिरहेकाले मानिसहरूले विभिन्न तरिकाले असावधानीवश न्यानोका लागि आगो ताप्दा आगलागी हुने गरेकाले आगो प्रयोग गर्दा विशेष सावधानी अपनाउन प्राधिकरणले सबैमा अनुरोध गरेको छ ।
समाज
थप सामाग्री-
हरैंचामा हात्तीको आक्रमणबाट वृद्धको मृत्यु
-
यू-१९ महिला विश्वकपः नेपालद्वारा बंगलादेशलाई ५३ रनको लक्ष्य
-
यू १९ महिला विश्वकपः बंगलादेश विरुद्ध नेपाल ब्याटिङ गर्दै
-
बक्स अफिसमा कंगनाको ‘इमर्जेन्सी’ को कमजोर प्रदर्शन
-
इजरायली मन्त्रिपरिषद्द्वारा गाजामा युद्धविराम सम्झौतालाई अनुमोदन, आइतबारदेखि लागू हुने
अमेरिकामा कहिलेदेखि बन्द हुन्छ टिकटक ?
January 18, 2025
1.1kViews 297 Shares Share on Facebook Share on Twitter वासिङ्टन डिसी । चिनियाँ कम्पनी टिकटकले अमेरिकी सरकारले कुनै कदम नउठाए…