ठमेलको छाया सेन्टरको विवादमा फैसला सुनाउँदै सर्वोच्च
काठमाडौँ । सर्वोच्च अदालतले काठमाडौँको ठमेलस्थित कमलपोखरी ( छायादेवी कम्प्लेक्स / छाया सेन्टर) को सरकारी जग्गा अतिक्रमण गरिएको दाबीसहित सर्वोच्चमा दायर भएका मुद्दामा फैसला सुनाउनका लागि निसुको पेसी तोकेको छ।
न्यायाधीशद्धय शारङ्गा सुवेदी र टेकप्रसाद ढुङ्गानाको इजलासले बहस सकेर फैसला सुनाउने मिति तोकेको थियो । संयुक्त इजलासले कात्तिक १४ गते बहस टुङ्ग्याउँदै बहस नोट पेस गर्न आदेश गरेको थियो । १५ थान मुद्दामा न्यायाधीशद्धय सुवेदी र ढुङ्गानाको इजलासमा कात्तिक ७ गतेदेखि निरन्तर सुनुवाइ सुरु हुँदै कात्तिक १४ गते बहस टुङ्ग्याएको थियो ।
सर्वोच्चले कात्तिक ७ गते रिट निवेदकका तर्फबाट बहस सुनेको थियो भने कात्तिक ११ र १२ गते विपक्षीका कानुन व्यवसायीको बहस सुनेको थियो । उनीहरूले आफ्नो बचाउ गरेपछि कात्तिक १३ गते सरकारका तर्फबाट सहन्यायाधिवक्ता उद्धव पुडासैनीसहितले बहस गरेका थिए ।
बहस टुङ्गिएपछि त्यसलगत्तै न्यायाधीशद्वय सुवेदी र ढुङ्गानाको इजलासले बहस नोट पेस गरिदिन सम्बन्धित कानुन व्यवसायीलाई आदेश दिएको थियो । यो विवाद १० वर्षदेखि सर्वोच्चमा विचाराधीन छ । सर्वोच्चमा उक्त जग्गा सरकारी कि व्यक्तिको भन्ने विवाद २०७१ सालमा सतहमा आएको थियो । त्यसपछि २०७६ सालसम्म विभिन्न रिट दर्ता भएका थिए । यी सबै मुद्दा विचाराधीन भएपछि सर्वोच्चले एकै ठाउँमा राखेर सुनुवाइ थालेको थियो ।
उक्त विवादमा सर्वोच्चमा सार्वजनिक सरोकार, लिखत बदर, गुठी रैतानी बदर, नक्सा पास बदर र लिखत धितोसमेत बदर माग गर्दै दायर भएका मुद्दा छन् । सर्वोच्चमा यो विवादसम्बन्धी २०७१ साल वैशाखमा अधिवक्ता दीपकविक्रम मिश्रले पहिलो रिट दायर गरेका थिए । त्यसपछि असोजमा थप रिट दर्ता भएका थिए । भवन निर्माण नै रोक्नुपर्ने माग भए पनि अदालतले अन्तिम फैसला नभएसम्म निर्णय नगर्ने भनी सुनुवाइ सार्दै आएको थियो ।
समाज
थप सामाग्री-
हरैंचामा हात्तीको आक्रमणबाट वृद्धको मृत्यु
-
यू-१९ महिला विश्वकपः नेपालद्वारा बंगलादेशलाई ५३ रनको लक्ष्य
-
यू १९ महिला विश्वकपः बंगलादेश विरुद्ध नेपाल ब्याटिङ गर्दै
-
बक्स अफिसमा कंगनाको ‘इमर्जेन्सी’ को कमजोर प्रदर्शन
-
इजरायली मन्त्रिपरिषद्द्वारा गाजामा युद्धविराम सम्झौतालाई अनुमोदन, आइतबारदेखि लागू हुने
अमेरिकामा कहिलेदेखि बन्द हुन्छ टिकटक ?
January 18, 2025
1.0kViews 297 Shares Share on Facebook Share on Twitter वासिङ्टन डिसी । चिनियाँ कम्पनी टिकटकले अमेरिकी सरकारले कुनै कदम नउठाए…