पर्सामा रवि लामिछानेको बयान आजै लिने तयारी

पर्सा । सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि पर्सा लगिएका राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेको बयान आजै लिने तयारी गरिएको छ ।

कास्की प्रहरीको हिरासतबाट प्रहरीले काठमाडौँ विमानस्थल ट्रान्जिट बनाएर सोमबार पर्सा लगिएका रविको बयान आज राति र भोलि बिहान लिने तयारी गरिएको हो ।

लिखित र मौखिक बयान गराएर भोलि दिउँसो पर्साबाट पोखरा पठाइने जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी तथा प्रवक्ता शिखर लम्सालले बताए ।

यस्तै जिल्ला प्रहरी कार्यालय पर्सा अगाडि रविका समर्थकले नाराबाजी गरिरहेका छन् ।

Facebook Comments Box
TOP
447 Shares