सर्ने भयो रणबीर कपूरको ‘एमिनल पार्क’ को शुटिङ

नयाँदिल्ली । एनिमलले नै बलिउड अभिनेता रणबीर कपूरलाई स्टारडम दिलाएको थियो । बक्स अफिसमा यो फिल्म ब्लकबष्टर साबित भयो । केही समय अघि मेकरहरूले फिल्मको पार्ट २ ‘एनिमल पार्क’को घोषणा गरेका थिए ।

अभिनेताको फिल्म छिटै हेर्न पाइने भयो भनेर फ्यानहरू पनि उत्साहित थिए । तर अब भने फिल्मबारे नयाँ जानकारी आएको छ ।

निर्देशक संदीप रेड्डी वांगालाई फिल्मलाई ट्रिलोजीमा परिणत गर्न खोजेको हालै एउटा अन्तरवार्तामा रणबीरले भनेका थिए । डेडलाइन बलिउडसँगका कुराकानीका क्रममा रणबीरले संदिप यतिबेला अरु कुनै प्रोजेक्टमा व्यस्त रहेको र ‘एनिमल पार्क’को शूटिङ २०२७ मा मात्रै शुरु हुने बताएका छन् ।

सन्दीपले फिल्मलाई तीन भागमा ल्याउन लागेको पनि उनले बताए । फिल्मको दोस्रो भागको नाम एनिमल पार्क हुने पूष्टि अभिनेताले गरेका छन् । सिक्वेलबारे पहिलो भागकै बेलामा कुराकानी शुरु भइसकेको पनि उनले भनेका छन् ।

Facebook Comments Box
TOP
374 Shares