आज पत्रकार महासङ्घको निर्वाचन
काठमाडौं– आज नेपाल पत्रकार महासङ्घको निर्वाचन हुँदैछ । सदस्यता विवादका कारण पटक पटक स्थगित हुँदै आएको पत्रकार महासङ्घको निर्वाचन आज हुन लागेको हो ।
आगामी तीन वर्षको नेतृत्वका लागी निर्मला शर्मा, रमेश विष्ट, देवीप्रसाद सापकोटा मुख्य प्रतिस्पर्धीको रूपमा मानिएका छन् ।
प्रेस चौतारी र नेपाल प्रेस युनियनको संयुक्त प्यानलबाट शर्माले उम्मेदवारी दिएकी हुन भने विष्ट प्रेस सेन्टर, समाजवादी प्रेस संगठनलगायत समूहबाट उम्मेदवारी दिएका हुन । सापकोटा भने स्वतन्त्र उम्मेदवारको रूपमा प्रतिस्पर्धामा उत्रदैँछन् ।
यसैगरी, वरिष्ठ उपाध्यक्षका लागी युनियन र चौतारीबाट दीपक आचार्य तथा सेन्टर र समाजवादी प्रेसबाट रोशन पुरी मुख्यतया: मैदानमा देखिएका छन् ।
महिला उपाध्यक्षमा नीत पौडेल र गंगा बराल पौडेल मैदानमा छन् भने समावेशी उपाध्यक्षमा उमेशचन्द्र बागचन्द, मोहन सिंह र सुवास साह बिच मुख्य प्रतिस्पर्धा हुँदैछ ।
यस्तै, महासचिवमा चौतारी र युनियनबाट रामप्रसाद दाहाल, सेन्टर र समाजवादीबाट लेखनाथ न्यौपाने र स्वतन्त्र उम्मेदवारको रूपमा जन्मदेव जैसी मैदानमा देखिएका छन् ।
समाज
थप सामाग्रीबक्स अफिसमा कंगनाको ‘इमर्जेन्सी’ को कमजोर प्रदर्शन
January 18, 2025
1.3kViews 212 Shares Share on Facebook Share on Twitter मुम्बई । धेरै अवरोधहरू पछि कंगना रनौतको बहुप्रतिक्षित राजनीतिक ड्रामा फिल्म…