प्रहरीले पक्राउ गर्दा खाजासमेत खान नदिएको अल्लुको गुनासाे

काठमाडौँ । बक्स अफिसमा पुष्पा २ ले तहल्का मच्चाइ रहँदा अभिनेता अल्लु अर्जुनलाई हैदराबाद प्रहरीले शुक्रबार पक्राउ गरेको छ । उनलाई पुष्प २ को प्रिमियरमा भएको भागदौडमा एक महिलाको मृत्यु प्रकरणमा अभियुक्त बनाइएको छ ।

उनीमाथि डिसेम्बर ४ मा हैदरावादको सन्ध्या थिएटरमा बिना जानकारी आएको आरोप छ । जसका कारण त्यहाँ भीड जम्मा भयो र भागदौड मच्चियो । घटनामा धेरै मानिस घाइते भए ।

यस घटनापछि अधिकारीहरूले सन्ध्या थिएटरका सञ्चालक, अल्लु अर्जुन र उनको सुरक्षा टोलीविरुद्ध मुद्दा दर्ता गरेका थिए। यसैबिच, अभिनेताले महिलाको मृत्युको मामिलामा दर्ता भएको एफआईआर खारेज गर्न उच्च अदालतमा अपिल गरेका छन्।

घटनापछि अल्लु अर्जुन र उनको टोलीले महिलाको मृत्युमा शोक व्यक्त गरेका थिए। अभिनेताले मृतक रेवतीका परिवारप्रति समवेदना प्रकट गर्दै उनीहरूलाई भेटेका थिए । अभिनेताले २५ लाख भारु सहयोग गर्ने वाचा पनि गरेका थिए ।

भारतीय सञ्चार माध्यममा प्रकाशित समाचार अनुसार अल्लु अर्जुनले आफ्नो गिरफ्तारीको शैलीमा आपत्ति जनाएका छन् । प्रहरीले बिहानको खाजा खान नदिएको अभिनेताले दाबी गरेका छन् । लुगा फेर्न पनि अनुमति नदिइएको उनको भनाई छ ।

Facebook Comments Box
TOP
481 Shares