बसिरको अलराउण्ड प्रदर्शनमा विराटनगरले चितवनलाई हरायो
काठमाडौं । बसिर अहमदको अलराउण्ड प्रदर्शनमा विराटनगर किंगसले नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राइनोजलाई ५१ रनले पराजित गरेको छ ।
एनपीएलमा विराटनगरको यो दोस्रो जित हो । यो जितपछि ६ खेलबाट ४ अंक जोडेको विराटनगरको प्लेअफको झिनो सम्भावना कायम राखेको छ ।
चितवनको भने ६ खेलमा यो तेस्रो हार हो र प्लेअफ पुग्ने चितवनको अभियानमा ठूलो धक्का लागेको छ । ६ खेलबाट ६ अंकसहित चितवन चौथो स्थानमै यथावत छ । चितवनले अब लिगको अन्तिम खेलमा शनिवार प्लेअफमा छनोट भइसकेको जनकपुर बोल्ट्सको सामना गर्नेछ ।
विराटनगरको जितमा अलराउण्ड प्रदर्शन गरेका बसिरले ब्याटिङमा अर्धशतक बनाए भने किफायती बलिङ गर्दै १ विकेट लिए ।
विराटनगरले दिएको १८२ रनको लक्ष्य पछ्याएको चितवनले पूरै २० ओभर खेल्दा ५ विकेट गुमाएर १३० रन मात्र बनाउन सक्यो । चितवनका लागि अमर सिंह राउटेलाले सर्वाधिक २९ बल खेल्दै ३ चौका र २ छक्का मदतमा सर्वाधिक ४२ रन बनाए ।
यसैगरी ओपनर सन्तोष कार्कीले २५ बलमा २८, कप्तान कुशल मल्लले २५ बलमा २५ र रवि बोपाराले २४ बलमा २० रन बनाए ।
बलिङमा विराटनगरका कप्तान सन्दीप लामिछानेले ४ ओभरमा २८ रन खर्चेर २ विकेट लिए । बसिरले ४ ओभरमा १ मेडन राखद् १९ रन मात्र खर्चेर १ विकेट लिए । यस्तै क्रसि सोल र सुबास भण्डारीले पनि १(१ विकेट लिए ।
त्यसअघि कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले बसिर अहमदको अर्धशतक मदतमा निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८१ रन बनाएको थियो ।
एनपीएलमा आफ्नो पहिलो अर्धशतक बनाएका बसिरले अविजित ६८ रन जोडे । उनले ४४ बल खेल्दै समान ४ चौका र छक्का प्रहार गरे । यस्तै राजेश पुलामी मगरले अविजित ३३ रन बनाए । मार्टिन गप्टिलले ४५ रन बनाए ।
चितवनले फिल्डिङमा चुक्दा बसिर र गप्टिलले त्यसको फाइदा उठाएका थिए । चितवनले दुवैको क्याच छुटाएको थियो ।
चितवनका सोहेल तनविरले नवौँ ओभरमा बसिर ८ रन हुँदा क्याच ड्रप गरेका थिए । यस्तै १३औं ओभरमा चितवनका कप्तान कुशल मल्लले विराटनगरका गप्टिलको क्याच ड्रप गरेका थिए । जुन चितवनका लागि महंगो सावित बन्यो ।
कमजोर सुरुवात गरेपनि इनिङ्सको अन्तिममा आक्रमक बनेको विराटनगरले अन्तिम चार ओभरमा ६९ रन बनाएको थियो । कुनै बेला १० रनमै ३ विकेट गुमाएको विराटनगर ३३(४ को अवस्थामा थियो । तर बसिर र मार्टिन गप्टिलले पाँचौ विकेटका लागि ६५ रनको महत्वपूर्ण साझेदारी गरे ।
समाज
थप सामाग्री-
हरैंचामा हात्तीको आक्रमणबाट वृद्धको मृत्यु
-
यू-१९ महिला विश्वकपः नेपालद्वारा बंगलादेशलाई ५३ रनको लक्ष्य
-
यू १९ महिला विश्वकपः बंगलादेश विरुद्ध नेपाल ब्याटिङ गर्दै
-
बक्स अफिसमा कंगनाको ‘इमर्जेन्सी’ को कमजोर प्रदर्शन
-
इजरायली मन्त्रिपरिषद्द्वारा गाजामा युद्धविराम सम्झौतालाई अनुमोदन, आइतबारदेखि लागू हुने
अमेरिकामा कहिलेदेखि बन्द हुन्छ टिकटक ?
January 18, 2025
1.1kViews 297 Shares Share on Facebook Share on Twitter वासिङ्टन डिसी । चिनियाँ कम्पनी टिकटकले अमेरिकी सरकारले कुनै कदम नउठाए…