अवतरण गर्ने क्रममा एयर क्यानडाको विमानमा आगो लाग्यो
टोरन्टो । एयर क्यानडाको एउटा विमानमा आगलागी भएको छ । ह्यालिफ्याक्स विमानस्थलमा अवतरण गर्ने क्रममा विमानमा आगो लागेको हो ।
विमानस्थलमा विमानले डरलाग्दो गरी अवतरण गरेको थियो । यसै क्रममा विमान धावनमार्गबाट चिप्लियो र ल्यान्डिङ गियर बिग्रियो ।
केही बेरमै विमानमा आगो लाग्यो । तर यस घटनामा कुनै हताहतीबारे तत्काल कुनै जानकारी छैन । दक्षिण कोरियामा धावनमार्गबाट चिप्लिएर अगाडि रहेको पर्खालमा विमान ठोक्किएर ठुलो सङ्ख्यामा हताहत भएको केही बेरमै यो घटना भएको हो ।
विमान क्यानडाको क्षेत्रीय विमान सेवा प्रदायक कम्पनी पीएएल एयरलाइन्सको भएको बताइएको छ । यो विमानले सेन्ट जोन्स र ह्यालिफ्याक्सबिच यात्रा गरिरहेको थियो । दुर्घटनाबारे थप जानकारी आउन बाँकी भएको बताइएको छ ।
समाज
थप सामाग्री-
हरैंचामा हात्तीको आक्रमणबाट वृद्धको मृत्यु
-
यू-१९ महिला विश्वकपः नेपालद्वारा बंगलादेशलाई ५३ रनको लक्ष्य
-
यू १९ महिला विश्वकपः बंगलादेश विरुद्ध नेपाल ब्याटिङ गर्दै
-
बक्स अफिसमा कंगनाको ‘इमर्जेन्सी’ को कमजोर प्रदर्शन
-
इजरायली मन्त्रिपरिषद्द्वारा गाजामा युद्धविराम सम्झौतालाई अनुमोदन, आइतबारदेखि लागू हुने
अमेरिकामा कहिलेदेखि बन्द हुन्छ टिकटक ?
January 18, 2025
1.1kViews 297 Shares Share on Facebook Share on Twitter वासिङ्टन डिसी । चिनियाँ कम्पनी टिकटकले अमेरिकी सरकारले कुनै कदम नउठाए…