मुक्तिनाथ विकास बैंक तुलसीपुर शाखाले मनायो १९ औं वार्षिकोत्सव

काठमाडौं ।मुक्तिनाथ विकास बैंक लिमिटेडले १८ औं वर्ष पार गरी १९ औं वर्षमा प्रवेश गरेको अवसरमा दाङको तुलसीपुर शाखाले वार्षिक उत्सव मनाएको छ। शाखाले शुक्रबार  एक कार्यक्रमको आयोजना गर्दै केक काटेर बार्षिक उत्सब मनाएको हो ।

कार्यक्रममा तुलसीपुर शाखाका शाखा प्रबन्धक सरोज कुमार लामिछानेको अध्यक्षता तथा पूर्व बैंकर एवं जेष्ठ नागरिक रामप्रसाद लामिछानेको प्रमुख आतिथ्यता रहेको थियो ।

मुक्तिनाथ विकास बैंक लिमिटेड तुलसीपुर शाखाका प्रबन्धक सरोज कुमार लामिछानेले आज देशव्यापी नै १७९ वटा शाखामा वार्षिक उत्सव मनाइरहेको र तुलसीपुर शाखाका पनि भब्यताका साथ मनाउन सफल भएकोमा सम्पूर्ण कर्मचारी , ग्राहक वर्गहरूलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो। उहाले सदैव गुणस्तरीय सेवा प्रदान गर्दै अगाडि बढ्ने र विभिन्न वित्तीय तथा गैरवित्तीय सेवाको माध्यमद्वारा देशको अर्थतन्त्र र आवश्यकतामा बैंकले पनि योगदान दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

बार्षिकउत्सब कार्यक्रममा तुलसीपुर शाखाका सम्पूर्ण कर्मचारी र ग्राहकहरूको सहभागिता थियो ।

Facebook Comments Box
TOP
174 Shares