मकवानपुर र काठमाण्डौ जोड्ने महालक्ष्मी खोला–मातातीर्थ सडक माघ ७ गतेसम्म बन्द
मकवानपुर – मकवानपुर र काठमाण्डौ जोड्ने महालक्ष्मी खोला–मातातीर्थ सडक आजदेखि आउँदो माघ ७ गतेसम्म बन्द हुने भएको छ ।
यो सडकअन्तर्गत मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–५ महालक्ष्मी खोला नजिकै भिर कटानका लागि सडकमा यातायात सेवा बन्द गर्न लागिएको पालिकाका अध्यक्ष देवकृष्ण पुडासैनीले जानकारी दिनुभयो ।
पूर्वाधार विकास कार्यालयले मकवानपुरतर्फको सडक खण्डमा स्तरोन्नतिका क्रममा माघ ७ गतेसम्म सडकमा यातायात सञ्चालन बन्द गर्न लागेको हो ।
यस्तै मकवानपुर–काठमाण्डौ जोड्ने कुलेखानी–फाखेल सडक खण्ड र कुलेखानी–सिस्नेरी–दक्षिणकाली सडक खण्डमा एकतर्फी मात्रै गाडी सञ्चालन भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले बताउनुभयो ।
उहाँका अनुसार हेटौँडाबाट काठमाण्डौ आउने गाडी सिस्नेरीतर्फबाट र काठमाण्डौबाट हेटौँडा जाने गाडी फाखेलबाट सञ्चालन भइरहेको छ । दुवै सडक खण्डमा स्तरोन्नति भइरहेको छ ।
समाज
थप सामाग्रीइजरायली मन्त्रिपरिषद्द्वारा गाजामा युद्धविराम सम्झौतालाई अनुमोदन, आइतबारदेखि लागू हुने
January 18, 2025
1.1kViews 443 Shares Share on Facebook Share on Twitter तेल अभिभ । इजरायली मन्त्रिपरिषद्ले गाजामा युद्धविराम र बन्धकहरूलाई रिहा गर्न…