अर्घाखाँचीका विभिन्न स्थानमा चोरी

काठमाडौँ । ललितपुर र अर्घाखाँची जिल्लाका विभिन्न स्थानमा चोरी भएको छ । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका-७ सुपादेउरालीमा सञ्चालित शितगंगा नगरपालिका-२ फलाचौर बस्ने ४६ वर्षीय ओम बहादुर गुरुङको गंगा तमु होटलबाट साढे ३ तोला सुन र नगद ३ लाख ९५ हजार रुपैयाँ चोरी भएको हो ।
त्यस्तै, सन्धिखर्क नगरपालिका-७ खाँचीखोला बस्ने ४१ वर्षीय रवि थापाको सूर्यदय होटलबाट नगद ८० हजार रुपैयाँ चोरी भएको प्रहरीको भनाई छ । शितगंगा नगरपालिका-२ मुलाबारी बस्ने ३६ वर्षीय विष्णु रेस्मीको मेला होटलबाट नगद १६ हजार रुपैयाँ शुक्रबार बिहान चोरी भएको छ ।
यता, ललितपुरको महालक्ष्मी नगरपालिका-४ ओचुहाइट बस्ने ओम बहादुर बिकको घरबाट नगद २ लाख रुपैयाँ बिहीबार दिउँसो चोरी भएको हो । प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
जनरक्षा फोकस
थप सामाग्रीसमाज
थप सामाग्री
विदेशमा रहेकाहरु विश्वास गर्ने,यता आफन्त दलालीसँग मिलेर फसाउँदै
१ दिन अगाडि
1.9kViews 464 Shares Share on Facebook Share on Twitter गाउँदेखि शहरसम्मका मानिसहरु विदेशमा छन्। रोजगारीको खोजीमा खाडीलगायत विभिन्न देश पुगेका…