बागमती प्रदेशसभा बैठक आज, यस्ता छन् कार्यसूची

मकवानपुर । बागमती प्रदेशसभाको हिउँदे अधिवेशन आज शुक्रबारबाट सुरु हुँदै छ । ४ महिना पछि प्रदेशसभाको अधिवेशन बैठक बस्ने तय भएको हो ।
प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले प्रदेशसभाको १५ औँ अधिवेशन बैठक बिहान ११ बजेका लागि आह्वान गरेका छन् । सोही अनुसार प्रदेशसभाको बैठक बस्ने तयारी भएको हो ।
प्रदेशसभाको १५औँ अधिवेशनको पहिलो बैठकमा शुभकामना सन्देश व्यक्त गर्ने कार्यसूची तय गरिएको छ । बिहीबार साँझ बसेको प्रदेशसभा कार्यव्यवस्था परामर्श समितिको बैठकले दलीय रूपमा शुभकामना सन्देश व्यक्त गर्ने कार्यसूची रहेको छ ।
सदनमा दलगत रूपमा नेताहरूले शुभकामना सन्देश र प्रदेश प्रमुख कार्यालयबाट प्राप्त पत्रहरूको बारेमा जानकारी गराउने कार्यसूची निर्धारण भएको सभामुख भुवनकुमार पाठकले जानकारी दिए । उनका अनुसार, शुक्रबार प्रदेशसभा स्थापना दिवस भएकाले मन्तव्यको कार्यसूचीपछि बैठक स्थगित गरिने छ । बैठकको पछि हाउसका गतिविधि र कार्यसूचीका विषयमा सत्तापक्ष र प्रतिपक्षबिच छलफलपछि निर्णय गरिने उनले बताए ।
जनरक्षा फोकस
थप सामाग्रीसमाज
थप सामाग्री
विदेशमा रहेकाहरु विश्वास गर्ने,यता आफन्त दलालीसँग मिलेर फसाउँदै
१ दिन अगाडि
1.9kViews 464 Shares Share on Facebook Share on Twitter गाउँदेखि शहरसम्मका मानिसहरु विदेशमा छन्। रोजगारीको खोजीमा खाडीलगायत विभिन्न देश पुगेका…