महागठबन्धन बनेदेखि देशमा अशान्ति भइरहेको छः नेता जम्कट्टेल

मकवानपुर । नेकपा माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलका नेता शालिकराम जम्कट्टेलले एमाले कांग्रेसको महागठबन्धन बनेदेखि देशमा अशान्ति भइरहेको बताएका छन् । वर्तमान सरकारका साझेदारहरू गठबन्धन टिक्छ वा टिक्दैन भनेर आतङ्कित बनिरहेको उनले बताए ।

शुक्रबार बसेको बागमती प्रदेशसभाको बैठकमा बोल्दै निवर्तमान मुख्यमन्त्री समेत रहेका नेता जम्कट्टेलले सरकार अध्यादेशबाट मुलुक चलाउन खोजिरहेको बताए । सरकारी जग्गा हडप्ने, सहकारीको रकम अपचलनका घटना लुकाउने, गलत प्रवृत्ति गर्नेलाई जोगाउने तर्फ सरकार उद्धत रहेको उनले बताए ।

‘उहाँहरू भनिरहनु भएको छ, राजनीतिक स्थिरताको लागि यो गठबन्धन बनेको हो र यो सरकार ढल्दैन । तर, सरकार आतङ्कित भइरहेको छ ।’ उनले भने, ‘वर्तमान गठबन्धन भ्रष्टाचारी जोगाउने, सार्वजनिक जग्गा हडप्ने तर्फ अग्रसर छ । वर्तमान सरकार कानुन बनाएर गिरिबन्धु टी स्टेटको जग्गा व्यक्तिको बनाउने काममा केन्द्रित छ । प्रदेशका मन्त्री र सांसदहरू सहकार ठगीमा जोडिदा सरकारले देखे नदेखै गर्न मिल्दैन । त्यस विषयमा छानबिन गर्न पर्दैन ?’

सहकारी अध्यादेश बदनियतपूर्ण रूपमा आएको उनले बताए । देश आन्दोलनको दिशामा उन्मुख भइरहेको उनको भनाई छ । सरकार आम नागरिक प्रति उदार बन्न नसकेको उनले बताए ।

Facebook Comments Box
TOP
256 Shares