रविको निवेदनमा सभामुखको प्रश्नः तपाईंविरुद्ध मुद्दा चलेको होइन ?

काठमाडौँ । रास्वपाका निलम्बित सांसद रवि लामिछानेले निलम्बन फुकुवाको निवेदन दिएपछि सभामुख देवराज घिमिरेले विद्यमान कानुन र संसद् नियमावलीको अभ्यासबारे स्मरण गराएका छन् ।
लामिछानेले आज सुरु हुने संसद्को हिउँदे अधिवेशनको बैठकबाटै निलम्बन फुकुवाको लागि सभामुखलाई निवेदन दिन शुक्रवार सभामुखलाई भेट्न सिंहदरबार पुगेका थिए ।
सभामुखलाई निवेदन दिँदै लामिछानेले सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ को दफा २७ बमोजिम आफूलाई गरिएको निवेदन कानुन सम्मत नभएको भन्दै आजकै बैठकबाट निलम्बन फुकुवा गरिदिन आग्रह गरेका थिए ।
जवाफमा सभामुखले विद्यमान कानुन, संसद् नियमावली र अभ्यास बमोजिम निलम्बनको निर्णय गरेको बताएका थिए ।
‘कसैको दबाब, प्रभाव, पूर्वाग्रह र पक्षधरताका आधारमा होइन । हिजो यस पदमा अरू कोही थियो । आज म छु । भोलि अरू कोही हुनसक्छ । तर पदमा रहँदा कानुनको परिपालना गर्नु मेरो दायित्व हो’, सभामुखले लामिछानेलाई भने, ‘तपाईंहरुले निवेदन दिनुभएको छ । यो छलफल र परामर्शको विषय हो । आजलाई समय भएन । हामी संसद् सुरु हुने अन्तिम समयमा छौँ ।’
त्यस्तै सभामुख घिमिरेले रविले आफ्नो कुरा राखेपछि केही प्रश्न समेत सोधेका छन् । ‘तपाईंविरुद्ध मुद्दा चलेको होइन र रु’, सभामुखको प्रश्नपछि रविले कानुन व्यवसायीलाई स्पष्ट पार्न भनेका थिए । रवि भेट्नेवित्तिकै सभामुखले स्वास्थ्य अवस्थाबारे चासो राखेका थिए ।
जनरक्षा फोकस
थप सामाग्रीसमाज
थप सामाग्री
विदेशमा रहेकाहरु विश्वास गर्ने,यता आफन्त दलालीसँग मिलेर फसाउँदै
१ दिन अगाडि
1.9kViews 464 Shares Share on Facebook Share on Twitter गाउँदेखि शहरसम्मका मानिसहरु विदेशमा छन्। रोजगारीको खोजीमा खाडीलगायत विभिन्न देश पुगेका…